धरान : धरानमा दिन प्रतिदिन समुदायमा कोरोना संक्रमित हुन थालेपछि धरान उपमहानगरपालिका आज आकस्मित सर्वदलीय  बैठक बसेको छ ।

आज ( विहिबार ) धरान उपमहानगरपालीकामा मेयर तिलक राईको अध्यक्षतामा बसेको बसेको सर्बदलीय बैठकमा बैठकबाट धरानको तिनकुने नाकामा र धरानको भानुचोककमा भोली देखि हेल्प डेक्स राख्ने निर्णय भएको छ ।

धरानका इलाका प्रहरी कार्यालय ,ट्राफिक प्रहरी , जिल्ला रेडक्रस, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान , स्वास्थ्य महाशाखा धरान इलाका प्रशासन र अन्य यातायात व्यवसायी संघको उपस्थितमा यस्तो निर्णय भएको हो ।

मेहताका अनुसार कोरोनाको दोस्रो लहर ( सेकेन्ड वेभ ) मा धरानमा १ सय ५० भन्दा बढी कोरोना संक्रमित भएका छन् भने एक जनाको मृत्यु भएको छ । यस अघि धरानमा ३५ सय कोरोना संक्रमित थिए भने ७६ जनाको मृत्यु भएको थियो ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश मेहतालेका अनुसार कोरोनाबाट बढी प्रभावित रहेको काठमाण्डौ , विरगन्ज, नेपालगन्जमा कोरोना संक्रमण देखा परेका संक्रमित केही दिन धरान बसेको गएको बुझिए पछि धरानको तिनकुने नाकामा थप कडाई गरी बाहिरबाट धरान भित्रिएका व्यतिहरुलाई निगरानी गरि होम क्यारेन टाइनमा राखिने निर्णय भएको छ । भाइरसको शंका लागेमा पीसीआर परीक्षण गर्ने तयारी भइरहेको उनले बताए ।

हेल्थ डेक्सको लागि स्वास्थ्य महाशाखाका कर्मचारीको संयोजकमा समिति समेत बनेको उपमहानगरले जनाएको छ, भने हेल्थ डेक्स सचेतनामूलक कार्यक्रम संचालन गरी पर्चा वितरण गर्ने समेत उपमहानगरले जनाएको छ ।

dharan-nirnay

 

तत्काल लकडाउन नगरिने

कोरोना संक्रमणको संख्या बढिरहँदा धरानलाई सिल वा लकडाउन गर्नुपर्ने आवाज पनि उठिरहेको छ। तर, लकडाउन मात्रै सही विकल्प होइन भन्ने तर्क वितर्क पनि भइरहेको छ।

यसै विषयमा उपमहागनरपालिकाले विहिवार सर्वपक्षीय र सर्वदलीय बैठक राखेको थियो। तीन घण्टाभन्दा बढी समय बसेको बैठकले तत्काल लकडाउन नगर्ने निष्कर्ष निकालेको छ। तर, संक्रमणको जोखिम दिन दिनै बढीरहेकोले स्वास्थ्य सुरक्षाको प्रोटोकल प्रभावकारी रुपमा पालना गराउने र त्यसका लागि अनुगमन गर्नुपर्ने निष्कर्ष पनि बैठकले निकालेको छ। बैठकको निष्कर्षअनुसार नै नगरवासीहरुलाई स्वास्थ्य प्रोटोकल पालना गर्न आह्वान गरिने प्रमुख प्रशासकीय अधिकृत विदुर खनालले बताए।

सुरक्षा संयन्त्र परिचालन गर्ने, अनुगमन कडाइ गर्ने ,पसलहरुमा सेनिटाइजर प्रयोग गर्ने, पसले र ग्राहकहरुले मास्क लगाउने, गाडीमा पनि मास्क, सेनिटाइजर र पञ्जा प्रयोग गरे नगरेको अनुगमन गर्नुपर्ने सुझाव आएको थियो ।

प्रदेश १ र २ का विभिन्न जिल्लाबाट संक्रमित समन्य नगरी उपचारका लागि पठाउने गरेका कारण धरानमा कोरोनाको जोखिम बढेको बताए । उनले संक्रमित व्यक्तिको निधन हुँदा समेत शव अस्पतालमै राख्नु प्रतिष्ठानका चिकित्सक, नर्स र अन्य कर्मचारीमा समेत संक्रमण फैलने त्रास बढेको गुनासो आएन थालेको छ ।