धरान : आज बिहान भएको सडक दुर्घटनाबाट सुनसरी र इलाममा २ जनाको मृत्यु भएको छ ।

सुनसरी बराहक्षेत्र नगरपालिका-१० दाजुभाइ चौकमा दक्षिण तर्फ जाँदै गरेको को २ त ८१८७ नम्बरको ट्याक्टरमा सवार रहेका सहचालक खोटाङको साकेला गाउँपालिका-१ डाँडागाँउ का २२ वर्षीय विष्णु कुमार बस्नेत अचानक लडी पछाडि डालाको चक्काले किचेर घटनास्थलमै मृत्यु भएको छ ।

ट्याक्टर र चालक बराहक्षेत्र नगरपालिका-१० दाजुभाइ चौकका ४५ वर्षीय भीम बहादुर कार्की इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीको नियन्त्रणमा रहेका छन् ।

त्यस्तै इलाम नगरपालिका-११ आले चोक स्थित भित्री सड्क खण्डमा बिर्तामोडबाट जितपुर तर्फ जाँदै गरेको ना २ ख ९२०५ नम्बरको ट्रकले सोही स्थान बस्ने पैदल यात्री ८२ वर्षीय पदम बहादुर तामाङलाई ठक्कर दिँदा घटना स्थलमानै मृत्यु भएको छ ।

ट्रक र चालक पाँचथर हिलिहाङ-७ का २३ वर्षीय चन्द्र बहादुर तामाङ प्रहरी चौकी चिसापानी इलामको नियन्त्रणमा रहेका छन् ।