चतरा :  वराहक्षेत्र नगरपालिका वडा नं ३ नडाहा स्थित संयुक्त आदिवासी जनजाति नृत्य स्थलमा शुक्रवार गज्जवको जमघट भयो । जमघट मात्रै होइन विभिन्न आदिवासी जनजातिहरुको मौलिक नृत्यले पुस महिनाको चिसोसंगै पारिलो घामलाई मज्जाले ततायो । 

Nadaha-Mela-3

“पूर्वेको किराँती हामी...
आह साकेन्वा हाम्रो एउता सेन....

यस्तै साकेला सिली गाउँदै बान्तवा राईहरू आफ्नो मौलिक भेषभुषामा साकेन्वा नाची रहेका थिए । नजिकै मगरहरु पनि “ बाह्रै हाते हो पटुकि मेरो ....
छेउछेउमा किनारी देशै रमाइलो .....
काहाको हामी हो काहाको तिमी , गरौँ न चिनारी देशै रमाइलो ..
भन्दै नाची रहेको हुर्रा नाचलाई उत्सवका सयौँ मानिसहरू निकाली रहेका थिए । मङ्सिर पञ्चमीको दिन पारेर शुक्रवार नडाहामा आयोजना भएको उँधौली मेलामा बान्तवा राईको साकेन्वा र मगरको हुर्रा नाचसँगै लिम्बू जातिहरू आफ्नो मौलिक पालम, बिजुवा र च्याब्रुङ नाचमा रमाई रहेका थिए ।

Nadaha-Mela-7

चाम्लिङ्ग राईहरूको साकेला नाचमा मेला हेर्न आएका मानिसहरू रमाई रहेका थिए । तामाङहरूको सेलोले माहौललाई थप रौनक बनाएको थियो। नेवारहरूको लाखे र राजधामि जातिको डुम्राहा नाचले वराहक्षेत्र सांस्कृतिक नगरीको चित्रण गरिरहेको थियो ।

मेलामा वृद्ध बोजुहरुको नाच र नजिकै क्षेत्री पौडेलहरूको कुल पूजाको दृष्टिले सांस्कृतिक एकताको सन्देश दिइरहेको थियो ।

Nadaha-Mela-5

आदिवासी जनजातिभित्रका ९ वटा जातिको आफ्नो मौलिक तथा सांस्कृतिक नृत्य प्रस्तुत भएको उक्त मेलाले सांस्कृतिक सन्देश दिएको थियो ।

संयुक्त आदिवासी जनजाति नृत्य स्थल समितिले आयोजना गरेको मेलामा आएका वडा नं ३ का वडाध्यक्ष रुद्र दाहालले उक्त क्षेत्रलाई संयुक्त सांस्कृतिक स्थल बनाउन पहल गरिरहेको बताए । सबै जातिले अपनत्व हुने बहु जातीय सङ्ग्रहालय तथा धार्मिक क्षेत्र बनाउन लागि परेको वडाध्यक्ष दाहालले बताए ।

Nadaha-Mela-1

उँधौली मेलाले सांस्कृतिक रूपमा सबै जातिलाई एकता गराउन प्रयास गरेको आदिवासी जनजाति महासङ्घ वराहक्षेत्रका अध्यक्ष सन्त राईले बताए ।

Nadaha-Mela-6

आदिवासी जनजाति र अन्य समुदायले पनि मेलामा सांस्कृतिक प्रस्तुति दिएकाले एकताको सन्देश र नेपाल सबै जातिको सुन्दर फूलबारीकोरुपमा चित्रण गरेको राईले बताए।

Nadaha-Mela-4