धरान : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले १४ सदस्यीय मन्त्रीपरिषद् बनाएका छन् । 

आज थप आठ जना मन्त्री नियुक्त भएपछि मन्त्रिपरिषद् सदस्यको सङ्ख्या १४ पुगेको हो । आज थपिएका ८ जना सहित अव प्रदेश १ मा १३ मन्त्री र एक राज्यमन्त्री भएका छन् ।

मन्त्रिपरिषदमा आज नेपाली काङ्ग्रेसबाट तीन, नेकपा एकीकृत समाजवादी पार्टीबाट तीन र माओवादी केन्द्रबाट दुई जना थप भएका हुन् । प्रदेश १ को मन्त्रिमण्डलमा नेपाली काङ्ग्रेसबाट मोरङका शेखरचन्द्र थापा, झापाका ओमप्रकाश सरावगी र ताप्लेजुङका प्रतापप्रकाश हाङगाम नियुक्त भएका छन् ।

थापाले वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय, सरावगीलाई उद्योग, श्रम तथा रोजगार मन्त्रालय र हाङगामलाई भूमि तथा सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ । नेकपा एकीकृत समाजवादीबाट मोरङका उपेन्द्र घिमिरे, खोटाङका राजन राई र इलामकी खिनु लङ्वा लिम्बू मन्त्री बनेका छन् । राई सामाजिक विकास मन्त्री बनेका छन् ।

हाल कायम रहेका सामाजिक विकास मन्त्री जयराम यादव स्वास्थ्य मन्त्री बनेका छन् । लिम्बू पर्यटन तथा संस्कृति मन्त्री बनेकी छन् । घिमिरेले यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

नव नियुक्त मन्त्रीहरुलाई प्रदेश नं. १ का प्रमुख परर्शुराम खापुङले मन्त्रीको शपथग्रहण गराएका छन् । 

Mantri-namlist