धरान : ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाली काँग्रेस धरान उपमहानगर कार्यसमिति र महिला विभाग धरानको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

सोमबार धरान २ स्थित काँग्रेसको पार्टी कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । काँग्रेस धरानका सचिव जितेन्द्र राईका अनुसार निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा करिब २ सय जना भन्दा बढीले स्वास्थ्य परीक्षण गराएका थिए ।

निःशुल्क स्वास्थ्य शिविर गर्नु अघि काँग्रेस धरानकी नेतृहरूलाई सम्मान गरिएको थियो । कृष्णकला मादेन लिम्बू, दिलकुमारी (दिलुदिदि) राई, सरस्वती ढकाल, राजकुमारी राई, ललिता अधिकारी शर्मा, पार्वती ताम्राकार, र हेमकुमारी विश्वकर्मा सम्मानित भएकी हुन् ।

उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाली काँग्रेस प्रदेश एकका महासचिव उमेश थापा, प्रदेशसभा सदस्य चन्द्रप्रसाद श्रेष्ठ (डिआइजी), काँग्रेस जिल्ला सभापति केशव भण्डारी, जिल्ला सचिव माधव घिसिङ, महासमिति सदस्य एवं मेयर तिलक राई, नगर सभापति श्याम पोख्रेल लगायत नेताहरूले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका थिए ।