धरान : जनता समाजवादी पार्टी धनकुटा जिल्ला अध्यक्षमा दिवा चेम्जोङ नवविरोध निर्वाचित भएकी छन् । उनको अध्यक्षतामा प्रथम जिल्ला अधिवेशनले ३१ सदस्यीय कार्यसमिति पुनर्गठन गरेको हो ।
शनिवार भएको अधिवेशनबाट निर्वाचित कार्यसमितिमा उपाध्यक्ष द्वय सरोज आठपहरिया र नाथु राम राई, सचिव डम्बर कटुवाल, उपसचिव द्वय शर्मिला राई र कमल भण्डारी, कोषाध्यक्षमा भूपाल राई चयन भएका छन् ।
अधिवेशन जसपा सह अध्यक्ष रकम चेमजोङको प्रमुख आतिथ्यतामा भएको हो । केन्द्रीय सचिव राज कुमार राई, प्रदेश समिति सदस्य आइत चेम्जोङ, लिम्बुवान राष्ट्रिय समिति सचिवालय सदस्य मणिराज लुङ्गेलि मगर, सदस्य सोनीका आठपहरिया राई, भोजपुर जिल्ला अध्यक्ष दिनेश राई लगायत उपस्थित थिए ।
केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष पार्वती राईको अध्यक्षतामा भएको अधिवेशनमा बलुन लिम्बुको अध्यक्षतामा १९ सदस्यीय समाजवादी युवा सङ्घ पनि गठन भएको छ ।