धरान: डिपो स्कुलको बास्केटबल कोर्टमा आज बिहीबार देखी सुरु भएको कोशी प्रदेश ओपन बास्केटबल प्रतियोगिताको उद्घाटन खेलमा सुनसरी र इलाम विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
पहिलो खेलमा सुनसरीले मोरङ बास्केटबल टिमलाई ७४–३१ अङ्कको फराकिलो अन्तरले पराजित ग¥यो । सुनसरीले पहिलो, दोस्रो र चौथो क्वाटरमा क्रमशः १५–९, २५–५ र २३–० ले अग्रता लिएको थियो । मोरङले खेलको तेस्रो क्वाटरमा मात्र १७–११ अङ्कले अग्रता बनाएको थियो ।
खेलमा सुनसरीका टिम क्याप्टेन विवेकमणि श्रेष्ठले व्यक्तिगत १५ अङ्क जोड्दै म्यान अफ द म्याच घोषित भए । 
दोस्रो खेलमा इलाम बास्केटबल टिमले झापा बास्केटबल टिमलाई ८१–४० अङ्कले पराजित ग¥यो । इलाम र झापाले खेलको प्रत्येक क्वाटरमा १९–७, २२–१४, ३०–४ र १०–१५ अङ्क जोडे । व्यक्तिगत ३४ अङ्क जोड्न सफल इलामका तेन्जिङ शेर्पा म्यान अफ द म्याच घोषित भए । 
यसअघि भएको समारोहमा प्रमुख अतिथि कोशी प्रदेश खेलकुद विकास वार्डका सदस्य सचिव कृष्ण बस्नेत परशुरामले पानसमा द्विप प्रज्वलन गरी प्रतियोगिताको उद्घाटन गरेका थिए । 
सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदीको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा धरानका उपप्रमुख अइन्द्रविक्रम वेघा, धरान–१८ वडाध्यक्ष प्रविण राई, धरान–१६ वडाध्यक्ष मुरारी भट्टराई, धरान–८ वडाध्यक्ष धनबहादुर राई, डिपो स्कुल व्यवस्थापन सदस्य सूर्य पन्धाक उपस्थित थिए ।
धरान बास्केटबल सङ्घको आयोजना, कोशी प्रदेश खेलकुद विकास वार्डको संयोजनमा प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगिताका विजेताले नगद २ लाख, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले नगद १ लाख प्राप्त गर्नेछ । 
उत्कृष्ट खेलाडी धरान मेघा एमभिपि मोस्ट भ्यालुएवल प्लेयर उपाधि विजेताले नगद १० हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।