पथरी : रोजगारीको अभाव देखाउदै दिनहु युवा सयौं युवा वैदेशिक रोजगारीका लागी विदेशीरहंदा नेपालमा रहेका घरेलु तथा साना उद्योगमा भने दक्ष कामदारको अभाव हुने गरेको छ । राम्रो तलव भएपनि कामदारको अभावमा उद्योग सञ्चालन गरिरहनु परेको उद्योगीहरुले वताएका छन् । पथरीमा स्थापना भएको पाउरोटी उद्योगहरुमा दक्ष श्रमीकको अभाव भएको उनीहरुले वताएका छन् ।

सुरुवातका समयमा भारतिय र वंगाली श्रमीकको भरमा सञ्चालित पाउरोटि उद्योगमा पछिल्लो समय नेपाली श्रमीकले काम गर्न थाले पनि दक्ष नेपाली श्रमीकको अभाव भएको पथरीमा सञ्चालित न्यु गोर्खाली उद्योग का सञ्चालक तुलसी ढकाल वताउछन् । उनका अनुसार सिप सिकेर विदेश पलायन हुने र सिपकालागी तालिम नदिइनाले पनि साना उद्योगमा दक्ष श्रमीकको अभाव भएको हो ।  ढकाल भन्छन  ‘सिप सिके पछि विदेशमा राम्रो काम पाइने आशामा युवाहरु विदेशिने गरेका छन्, त्यसले गर्दा पनि दक्ष श्रमीकको अभाव भएको हो । देशमै काम गरेर वस्न युवाहरु चाहदैनन्’। पाउरोटी उद्योगमा काम गर्ने दक्ष श्रमीकले मासिक चालीस हजार सम्म कमाइ गरीरहेका छन् तर काम सिके पछि विदेशिने ‘ट्रेन्ड’का कारण पनि उद्योगमा दक्ष श्रमीकको अभाव हुने गरेको हो ।

majdur news 1

उद्योगमा काम गरिरहेका अर्धदक्ष र अदक्ष श्रमीकलाइ समय समयमा तालिम नदिइनाले पनि दक्ष श्रमीक उत्पादन नभएका हुन् । स्थानिय तह र गैर सरकारी संस्थाहरुले तालिम र गोष्ठीका नाममा लाखै रकम खर्च गरे पनि स्थानिय स्तरमा सञ्चालित साना तथा घरेलु उद्योगमा दक्ष श्रमीक अभाव नै हुने गरेका छन् । विभिन्न संघ संस्था देखी स्थानिय तहले पनि तालिम दिएपनि क्षेत्र आधार वनाएर तालिम नदिइदा श्रमीक समस्या झेल्नु परेको ढकाल वताउछन् ।
विगतमा हात तथा खुट्टाले मोलेर उत्पादन गरिदै आएको पाउरोटी उद्योगमा विभिन्न प्रविधिका मेसिन भित्रीए संगै ति मेसिन चलाएर उत्पादन गर्ने श्रमीकको अभाव नै रहेको छ । दक्ष किसीमका कामदारले नेपालमा नै राम्रो तलव सुविधा पाउने भए पनि नयाँ पुस्ताको ध्यान यता तिर नपुगेको हो । विदेश भन्ने वित्तिकै राम्रो काम र दाम भन्ने वुझेका युवाले विदेशमा भोग्ने दुःख भन्दा स्वदेशको कमाइनै राम्रो हुने पथरीमै सञ्चालित विग वाइट वेकरी उद्योगका सञ्चालक वोलेन्द्र चौहान वताउछन् ।
दक्ष श्रमीककै अभावमा आफ्नो उद्योगले बजारको माग जति उत्पादन गर्न नसकेको चौहान वताउछन् । ‘दक्ष श्रमीकै अभाव छ तर युवाहरु रोजगरीको अबसरनै छैन भन्दै विदेशीदैछन् ’ उनले भने ‘साना उद्योगमा श्रमीकको समस्या हल गर्न सके मात्रै धेरै युवाले रोजगारी पाउछन्’ ।

सोहि उद्योगका अर्का सञ्चालक नवराज चौहानका अनुसार राम्रो तलव दिने भन्दा पनि युवाहरुको मोह स्थानिय स्तरमा खुलेका उद्योगमा छैन । आफ्नो श्रमको सम्मान नभएकाले पनि यस्तो समस्या आएको हो ।
देशमै युवालाइ रोक्न र रोजगारी दिन पहिला सिपको तालिम दिनु पर्ने चौहान वताउछन् । ढकाल पनि विदेशको भन्दा वढि तलव दिदा पनि दक्ष श्रमीकले काम छोडनु मानसिकता कै कारण भएको वताउछन् । श्रमको सम्मान गर्न सके र श्रमीकलाइ सिपमुलक तालिम दिन सके देशमै रोजगारीका प्रसस्त वाटाहरु रहेका छन्् । विदेश पुगेर दुःख पाउनु भन्दा देशमै रहेका दक्ष श्रमीक वन्न सके राम्रो कमाइ पनि गर्न सकिने उद्योगीहरुको धारणा रहेको छ ।