धरान: युमा धर्म, मुन्धुम र दर्शन विषयक तीन दिने दोस्रो अन्तराष्ट्रिय सम्मेलन धरानमा हुने भएको छ । युमा साम्यो महासभाको आयोजनामा धरान–१९ हरियाली सामुदायिक परिषरमा पुष २६, २८ र २८ गते हुने भएको हो ।

सम्मेलनमा भारत, बेलायत, हङकङ, जापान, दक्षिण कोरिया, मेलेसियालगायतबाट मुन्धमविद्हरु सहभागी बन्ने मूल आयोजक समितिका सदस्य सचिब डा. रमेश इजमले जानकारी दिए । उनका अनुसार नेपाल बाहिरबाट करिब ३ सयको हाराहारीमा मुन्धुमविद्हरुको सहभागीता सम्मेलनमा हुनेछ । सम्मेलनको उद्घाटन महासभाका सल्लाहकार डा.चैतन्य सुब्बाले गर्ने कार्यक्रम तय भएको छ । त्यसैगरी, उद्घाटनको पूर्वसन्ध्यामा विजयपुर दरबारमा नाहेन साक्मा अनुष्ठान विहान ७ बजे गर्ने भनिएको छ ।

यस्तै, सिंहदेबी चोकदेखि छाताचोक, भानुचोक हुँदै कार्यक्रमस्थल हरियाली सामुदायिक वनको सभा हलसम्म साँस्कृतिक झाँकीसहितको ¥याली समेत निकालिने मूल आयोजक समितिका सदस्यसचिब डा. इजमले जनाए । ‘धरानका विभिन्न चोकबाट झाँकीसहित ¥याली निकालेर कार्यक्रम स्थलसम्म पुग्ने कार्यक्रम तय भएको छ, त्यसको सम्पूर्ण तयारी समेत पुरा भइसकेको छ,’उनले भने । सम्मेलनमा पुष २७ र २८ गते बन्द सत्र हुने छ । सम्मेलनको मुख्य एजेण्डा यूमा धर्मको आचारसंहिता जारी गर्ने रहेको मुल आयोजक समितिका संयोजक देबेन्द्र कुमार बनेमले बताए । मुन्धुमसंग जोडिएका लिम्बू जातिको भाषा, धर्म, संस्कार, संस्कृतिका कुराहरुलाई जगेर्ना गर्ने तथा संस्थागत गदै लिम्बू समुदायमा एक रुपता ल्याउनको लागि सम्मेलन गर्न लागिएको उनको भनाइ थियो । ‘लिम्बूजातीको परम्परागत संस्कार, संस्कृतिलाई प्रबद्र्धन गदै पुनस्थापीत गर्ने उद्देश्यले सम्मेलन गदै छौं,’उनले भने,‘यूमा धर्मको आचारसंहिता जारी गर्ने सम्मेलनको मुख्य एजेण्डा हो ।’

लिम्बू जातिले मान्दै आएको देवी, देउता, सृष्टि, लिम्बू जातिको उत्पत्तिसम्मका तथ्यहरु केलाएर आचारसंहिता तयार गरिने समेत उनले बताए । लिम्बू जातिको जन्मदेखि मृत्यु पर्यन्तसम्म गरिने संस्कार, संस्कृति, रितिरिवाजहरुलाई लिम्बू समुदायभित्र एक रुपता ल्याउदै जगेर्ना गर्ने उद्देश्य रहेको छ । लिम्बूजातीको धर्म यूमा भएकोले किरात भनेर भ्रम चिर्नको लागि पनि यसले ठुलो भुमिका खेल्ने समेत उनले बताए । लिम्बू जातिको उत्पत्ति, देवताको उत्पत्ति, ब्रह्माण्डमा उत्पत्ति, सृष्टि, फेदाङमाहरुको उत्पत्तिसँगै उनीहरुले गर्ने व्यावहार, ऐतिहासिक स्थलहरुको नामाकरण, मुन्धुममा भएको छन्दहरुलगायतको ९ वटा बुँदाहरुको विषयमा छलफल गरी यूमा साम्योको आचारसंहिता तयार पारने जनाइएको छ । आचारसंहिताको खाका मुन्धुमविद् अर्जुन माबुहाङले तयार पादै गरेको पनि महासभाले बताएको छ ।