इलाम : चुलाचुली ५ की बिहानी राईले कक्षा ६ मा पढ्दा आफ्नो गाँउको विद्यालय जाने बाटोमा रहेको दुधे खेलामा झोलुङ्गे पुल बन्छ भन्ने सुनेको धेरै भयो, तर अहिले उनी स्नातक तह पहिलो वर्षमा अध्यनरत छिन् । दुधे खोलाको समस्या ज्युँका त्यु ।

दैनिक यो बाटो भएर चुलाचुली वडा नम्बर ५ टोल “ख” का कल्पाटार, ओझाटार, नेचाली, चपेटी, बरबोटेका दर्जनौ विद्यार्थी विद्यालय जाने गरेका छन् तर वर्षैदेखि यो खोलामा झोलुङ्गे पुल बन्ने कुराको पनि अहिलेसम्म केहि सुरसार भएको छैन । खोलामा पुल निर्माण भए बाटोको यात्रा पनि छिटो हुन्छ, पुल भए दश मिनेटमा पार गरिने यो बाटो अहिले चालीस÷पैतालीस मिनेट लगाएर पार गर्नु पर्छ । स्थानीयहरुले यो विषयमा पहल पनि गरे तर उनीहरुको प्रयास असफल भयो ।
विद्यार्थीहरु बर्षातको समयमा ज्यान जोखिममा पारेर यो खोलाको बाटो भएर दैनिक रुपमा विद्यालय जान बाध्य हुन्छन् । बर्षातमा खोलामा बाढि आउँदा विद्यार्थीहरु खोला बाटै घर फर्कनु पर्छ ।
यती मात्र नभएर हिउँदको समयमा सामान्य बर्षात हँुदा नै खोलाले विद्यालय सम्म जाने बाटो भत्काउँदा पहिरोको बाटो हुँदै झाडीको गोरेटोमा जुकाको टोकाई खादँै विद्यार्थीहरु विद्यालयसम्म जान बाध्य छन् । बर्खाको समयमा बिद्यालय जादा कति पटक त भिरको बाटोमा चिप्लएर घाईते नै भएको अनि पोसक फोहोर भएर घर फर्किएको विद्यार्थीहरु बताउँछन् ।
नेपालको संबिधान २०७२ ले नेपालको केन्द्रिकृत राज्य ब्यवस्थालाई परिवर्तन गर्दै संघीय संरचना लागु गर्यो । यस अघिसम्म सिंहदरबारबाट निर्देशीत हुने नागरिकसंग प्रत्यक्ष जोडिएका विषयहरु स्थानिय तह सम्म आईपुगे ।
केन्द्रको अधिकार आफ्नो गाउँसम्म आईपुग्दा इलाम चुलाचुलीका स्थानीयहरुले पनि अघिल्ला वर्षहरुमा भन्दा जनप्रतिनिधि आएसंगै विकाश निर्माणका कामले पनि फड्को मार्दैगएको महशुस गरेका छन, तर चुनावको बेला एजेण्डा नै बनेको यो खोलाको पुलनिर्माणको कार्यमा जनप्रतीनीधिहरुको पनि खासै चासो नरहेको जस्तो देखिन्छ । चुलाचुली गाउपालिकाकी उपाध्यक्ष निर्मला दाहाल अब छिट्टै यो विषयमा आफुले कुरा उठाउने बताईन् ।
दैनिक जसो, कक्षा १ देखि कक्षा १० सम्मका साना ७ वर्षको बालबालिका देखि लिएर दर्जनौको संख्यामा विद्यार्थी, विद्यालयका शिक्षक, आम–बासिन्दा यो बाटो हुँदै आहोर–दोहोर गर्दछन् । तर खोलामा अहिले सम्म पुल बन्न नसक्दाँ आम नागरिक, विद्यार्थीहरु सास्ति खेप्न बाध्य छन् ।