झापा : दशैमा मान्यजनबाट टिका जमरा आर्षिवाद लिइ पिङ्ग खेल्ने गरिन्छ । टिका लगाइसकेपछि एक पटक धर्ति छाड्नै पर्छ भन्ने मान्यताको आधारमा पिङ्ग खेल्ने गरिन्छ । तर तिनै धर्ति छाड्ने मान्यता रहेका पिङ्ग भने लोप हुँदै गएका छन् ।

दशै र तिहारलाई लक्षित गरी लगाइने पिङ्ग एकदशक अघिसम्म गाउँघरमा जताजतै देख्न पाइन्थ्यो । गाँउगाँउमा लिङ्गे पिङ्ग प्रचलनमा थियो ।  गाँउ भरीका गाँउले भेला भएर स्थानिय बाबियो, बास, सनपाट आदिबाट लिङ्गे पिङ्ग तयार पारिन्थ्यो ।

पहाडी भेगमा खयर सल्लो लगायतको काठबाट रोटेपिङ्ग तयार हुन्थ्यो । दशैमा मान्यजनबाट टिका, जमरा र आषिर्बाद लिइसके पछि एकपटक धर्ति छाड्नै पर्छ भन्ने मान्यताको आधारमा खेलिने पिङ्ग दशैमा नौरथालागे संगै लगाइन्थ्यो र तिहारसम्म खेल्ने गरिन्थ्यो । त्यो बेला दशै तिहारको मुख्य मनोरन्जनको साधनको रुपमा पिङ्गलाइनै लिइने गरिथ्यो ।

त्यस्तै दशैमा टिका लगाइसके पछि धर्ति छाड्दा गति परिन्छ भन्ने मान्यताको आधारमा परापूर्बकाल देखिनै पिङ्ग खेल्ने प्रचलन रहेको झापा गौरादह नगरपालिका ७ का मानबहादुर घिमिरे बताउँछन् ।

अहिले भने ति पिङ्गहरु लोप हुदै गएका छन् । एउटा पिङ्ग भेट्नको लागि धेरै गाँउ चाहर्दा मात्र बल्लबल्ल देख्न पाइन्छ । त्यो समयका मनोरन्जनको रुपमा लिइने पिङ्गलाइ अहिले अन्य मनोरन्जनका साधनले विस्थापित गरेको दमकका प्रदिप पराजुली बताउँछन् ।

अन्य मनोरन्जनका साधन सहित सहर बजारमा मेलामा लगाइने रोटेपिङ्गका कारण काठका रोटेपिङ्गका लोप हुदै गएको तथा गाँउमा युवा पुस्ता गाँउमा नहुदा पिङ्ग लोप हुदै गएको झापा गौरादहका मोहन अधिकारीको बिश्लेषण छ ।

यस्ता पिङ्ग दशैको संस्कृती र मौलिकता संग जोडिएका छन् । अझ पुरानो पुस्तालाइ त अहिले पनि पिङ्ग नदेखेसम्म दशै आएको भाननै हुँदैन ।