पछिल्ला दिनमा स्विमिङका कारण मेरुदण्डको समस्याका बिरामी बढेका छन् । खासरगरी, पानीको सतह थोरै भएको पुलमा स्विमिङ गर्ने अधिकांशमा मेरुदण्डको इन्जुरी हुने गर्छ ।

कम पानी भएको ताल, पोखरी, नदी वा पुलमा डाइभ गर्दा गर्धन जमिनमा ठोक्किने जोखिम हुन्छ । त्यसका कारण मेरुदण्ड मोडिन्छ र स्पाइनल कर्डमा चोट लाग्छ । यस्तो चोटले कर्डमा गम्भीर समस्या आउने हुँदा पक्षघातको जोखिम पनि हुन्छ ।मेरुदण्डको हड्डी भाँच्चिएमा शल्यक्रियाबाट मात्रै उपचार सम्भव छ । चोट लागेको छोटो समयमा उपचार गर्न नसके प्यारालाइसिस र अन्य अंगहरू प्रभावित हुने भएकाले सकेसम्म चोट लागेको २४ घन्टाभित्र अस्पताल पुर्याइसक्नुपर्छ ।

चोटपटकबाट बचौँ

१, कम पानी भएको पुल, खोला र तलाउमा पौडी खेल्नु हुँदैन । त्यसका कारण शरीरमा चोटपटक लाग्न सक्छ ।
२, पानीको सतह कम भएका पुलमा डाइभ हान्नु हुँदैन, जसले स्पाइनल कर्डमा सीधा असर पर्छ ।
३, चोट लागिसकेपछि जतिसक्दो छिटो अस्पताल पु(याउनुपर्छ । त्यस्ता बिरामीको मेरुदण्ड हल्लिँदा झन समस्या हुन सक्छ ।
४, बिरामीलाई बोक्दा कम्तीमा चारजनाको आवश्यकता हुन्छ । गर्धन सीधा बनाउने तथा जिउ वा कम्मर र खुट्टामा समातेर मेरुदण्ड सीधा बनाउनुपर्छ । बिरामीलाई सकेसम्म एम्बुलेन्समार्फत अस्पताल पर्याउनुपर्छ ।
५, गाडीमा ल्याउँदा पनि बिरामीलाई नहल्लिने गरी राख्नुपर्छ ।

डा. गौरव ढकाल, स्पाइन सर्जन, राष्ट्रिय ट्रमा सेन्टर