उदयपुर : उदयपुरको कटारी नगरपालिका-७ रिस्कुकी ७० वर्षीय मनमाया दनुवारको हत्या आरोपमा उनकै २६ वर्षीय नाति रोहित दनुवारलाई प्रहरीले पक्राउ गरेको छ । 
आज बिहीबार बिहान ६ बजे हजुरआमा र नाति बिच जग्गा अंशबन्डाको विषयमा वादविवाद भई झैझगडा भएको र रिसको आवेगमा रोहितले मनमायालाई शरीरका विभिन्न भागमा धारिलो हतियार खुकुरीले प्रहार गर्दा  उनको घटनास्थलमा नै मृत्यु भएको थियो। 
घटना सम्बन्धमा जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली खटिगई कानुनी प्रक्रिया पुरा गरी शव परीक्षणको लागी कटारी अस्पताल पठाएको छ भने हत्या आरोपित रोहितलाई पक्राउ गरी  घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ।