इनरुवा : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सुनसरीलाई माछा उत्पादनमा आत्मनिर्भर बनाउने भएको छ ।

माछापालक किसानलाई आत्मनिर्भर एवं आर्थिक उन्नतिको लागि परियोजना सुरु गरिएको परियोजना कार्यान्वयन ईकाईले जनाएको छ । किसानहरुलाई व्यावसायिक उत्पादन गराउने र कृषिमा आधारित अर्थतन्त्रको माध्यमबाट जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्य राखिएको माछा जोन इकाई वरिष्ठ कृषि विकास अधिकृत राजकान्त झाले बताए ।

कृषि विकास मन्त्रालयले साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट), व्यवसायिक कृषि उत्पादन केन्द्र ९ब्लक० र व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) र सुपरजोन परियोजनाको माध्यमबाट सुनसरीलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउँने लक्ष्य राखेको छ । परियोजनाले आयतित माछाको बजार विस्थापित गरी सुनसरीलाई माछा उत्पादन र बजारीकरणमा आत्मनिर्भर बनाउने जनाएको छ ।

माछापालनको पकेट क्षेत्रसँगै जिल्लाका विभिन्न क्षेत्रहरुमा साढे सात सयदेखि आठ सय हेक्टरसम्म जलासाय क्षेत्र भएकोको छ । माछा जोन कार्यक्रमले यो वर्ष थप ५० हेक्टर माछापोखरी बढाउने लक्ष्य राखेको कृषि विकास अधिकृत दिपेन्द्र पोखरेलले बताए । माछापालक किसान पुष्प नारायण अधिकारीका अनुसार विगतमा सिजनमा मात्र सुनसरीमा माछा बजारमा उपभोक्ताहरुले माछा किन्न पाउथे । केही वर्षदेखि भने सुनसरीमा बाह्रै महिना माछा उत्पादन हुन थालेको माछा जुनसुकै समयमा पनि सस्तो मुल्यमा उपलब्ध हुन थालेको उनी बताउँछन् ।

माछापालक किसान कमला दाहालले सुनसरीमा माछापालक किसानहरुले तरकारी र अन्नवालीभन्दा माछापालनबाट राम्रो आम्दानी गरिरहेको बताएका छन् । धेरै क्षेत्रफलमा माछा उत्पादन गर्न तयार भएर लगानी गर्न खोजेका व्यवसायिक किसानहरुलाई माछाजोन परियोजनाले सहयोग पुग्ने उनको भनाई छ ।