काँचो सिस्नु छुँदा पोल्छ भने पकाएर खाँदा फाइदै फाइदा दिन्छ । कुनै बेला गरिबको तरकारीको रुपमा हेरिने सिस्नु अहिले पाँचतारे होटेलमा समेत पाक्ने गरेको छ । यो मिठो मात्रै होइन यो खानु स्वास्थ्यका लागि उपयोगी छ । यसको पात र जराको तरकारी रुपमा मात्रै होइन सुप, चिया, जुस, औषधि आदिका रूपमा प्रयोग हुन्छ ।

यसमा क्याल्सियम, प्रोटिन, भिटामिन सी, फ्याट, कार्बोहाइड्रेट, फाइबर, फस्फोरस र आइरनजस्ता पोषक तत्व पाइन्छ ।सिस्न खाँदा मुटु तथा मधुमेहसम्बन्धी रोगका लागि प्रभावकारी हुन्छ भने गर्भवती तथा सुत्केरी महिलाका लागि अति नै फाइदाजनक हुन्छ । सिस्नोले उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ । प्रोस्टेड ग्लान्डर बाथको समस्या कम गर्छ ।
छाला र कपालका लागि अति नै राम्रो मानिन्छ । कपाल सिल्की बनाउनुका साथै झर्न रोकिन्छ । अनुहारलाई चम्किलो बनाउनुका साथै दाग हटाउँछ । सिस्नो जति काट्यो उती बढी पलाउने हुनाले खेतीबाट पनि पर्याप्त फाइदा मिल्छ । पिसाब संक्रमण हुनेहरूले पनि सिस्नो खानाले धेरै फाइदा गर्छ । शरीरमा एलर्जी हुनेहरूका लागि सिस्नोले धेरै राम्रो काम गरेको हुन्छ ।

नयाँ रगत बन्नका लागि पनि सिस्नोले धेरै भूमिका खेलेको हुन्छ ।वृद्धवृद्धामा देखिने विभिन्न समस्या हल गर्छ । डिएनए नष्ट हुनबाट बचाउन सिस्नोले भूमिका खेलेको हुन्छ । सिस्नोको परिकार नियमित खानाले जिउ दुख्ने समस्या समाधान हुन्छ । औषधिका रूपमा विदेश निर्यात गरेर देशको आर्थिक अवस्था उकास्न सकिन्छ ।

एजेन्सी