मोेरङ्ग :  मोेरङ्गको पथरी स्थित भुल्के सिमसार पछिल्लो समय वनभोज खाने र घुम्न आउने आन्तरिक पर्यटकको हव बन्न थालेको छ । पुर्व पश्चिम राजमार्गको पथरी बजार नजिकै रहेको भुल्के वनभोज खान आउनेका लागी आर्कषणको केन्द्र बन्न थालेको हो ।

स्थानिय शान्ति सामुदायीक वनले भुल्के को व्यवस्थापन गरेपछि यो धुम्न आउनेका लागी पनि आर्कषणको केन्द्र बनेको हो । सामुदायीक वनले करिव ७० लाख रुपयाँ भुल्के को निर्माणका लागी खर्च गरिसकेको छ । पिकनिक खानकै लागी पथरी क्षेत्र भन्दा वाहिर जाने पथरी नगरबासी पनि भुल्केमा पिकनिक खान आउन थालेका छन् । सामुदायीक वनका कार्यसमिती सदस्य प्रकाश कार्कीका अनुसार बिदाका दिनमा ८देखी १० समुह पिकनिकका लागी यहा आउने गरेक छन् । सामुदायीक वनले यो क्षेत्रमा पिकनिक स्पट,खानेपानीको व्यावस्था,बिजुली  बत्तीको सहजता बनाएपछि पछिल्लो समय पिकनिक खानेको संख्यामा वृद्धि भएको हो । पथरी नगर क्षेत्र मात्र नभइ छिमेकि जिल्लाका पर्यटक पनि भुल्के आउन थालेका छन् थापाले भने ‘नयाँ गन्तव्य भएर पनि होला भुल्केमा पिकनिक खानेको संख्या बढेको छ ।’

s 2

भुल्के सिमसारमा भएको पोखरीलाइ संमक्षण गरि स्थानिय सामुदायीक वनकै लगानीमा ४ वटा प्लाष्टिकका बोट संन्चालन गरिएको छ । घुम्ने प्रसस्त जमिन रहेको यहा बाहिर देखी भित्र सम्म फुलबारी निर्माणकै क्रममा रहेको छ ।

थापाका अनुसार अर्का वर्ष भित्रमा भुल्के सिमसार क्षेत्रमा स्विमीङ्ग पुल,चिल्डे«न पार्क,ट्रि हाउस र गेष्ट हाउस समेत निर्माण गर्ने र संन्चालनमा ल्याउने तयारी थालिएको छ । ‘ति पुर्वधार निर्माण नभइ कनै यतिका संख्यामा पर्यटक आउन थालेका छन् अझ ति पुर्वधार निर्माण पछि आन्तरिक मात्र नभइ बाह्य पर्यटक समेत भित्राउने लक्ष्य रहेको छ’ थापाले भने ‘सामुदायीक वनले यहिको पर्यटकिय क्षेत्र प्रर्वद्धनको प्रयास गरेको हो’ ।

s 3
भुल्केको मुल प्रवेशद्धारमै कलात्मक चित्र कोरिएको छ भने पानीका फोहराले थप आर्कषण भरेको छ । भुल्के क्षेत्रमा अवलोकन गर्न आउनेको सुविधाका लागी खाने पानी, चर्पि र वाथरुमको व्यावस्था समेत गरिएको छ । घुम्न आउनेको सुविधाका लागी विभिन्न स्थानमा वस्ने मेचको पनि सुविधा राखीएको छ । यता पिकनिक खानेका लागी पिकनिक स्पट भनेर सिमेन्टेड भुइ र जस्ताको छाना राखीएको पुर्वधार निर्माण गरिएको छ भने पिकनिक टोलिले दाउरा समेत प्राप्त गर्ने गर्दछन ।

वोटीङ्गको सुविधा भएपछि यो क्षेत्रमा युगल जोडीको घुमफिर गर्ने राम्रो स्थान वनेको छ । मासिक ७० हजार बराबर आम्दानी हुदै आएको सिमसार क्षेत्रमा ३ जनाले प्रत्यक्ष रोजगार पाएका छन् । सामुदायीक वनको क्षेत्रलाइ पनि राम्रो आम्दानीको श्रोत बनाउन र आन्तरिक पर्यटन प्रर्वद्धन गर्न सकिन्छ भन्ने राम्रो उदाहरण भुल्के सिमसारले दिएको छ ।