धरान : शुक्ष्म जीव बिज्ञान बिभाग तथा पोस्ट ग्राजुएट कार्यक्रम केन्द्रिय प्रबिधी क्याम्पस हात्तिसारले कार्यक्रम आयोजना गरी १९६ औ लुइस पास्चर जन्म जयन्ती मनाएको छ ।

पास्चरलाई आधुनिक माइक्रोबायोलोजिको पिताका नामले समेत चिनिन्छ । प्रदेश नम्बर १ का सभामुख प्रदीप् कुमार भण्डारीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा बिभागले माइक्रोबायोलोजी पढाएका सह प्राध्यापक सुमन कुमार लालदास, फुडमाइक्रोबायोलोजीका सह प्राध्यापक वसन्तकुमार राई र फड माइक्रोबायोलाजी ल्याबका प्राविधिक सहकायक केदार घिमिरेलाई सम्मान गरिएको थियो । सहप्राध्यापक लालदासले क्याम्पसमा ३० बर्ष भन्दा बढी समयदेखि पढाइरहेका छन् भने सहप्राध्यापक राईले बिगत २३ बर्ष देखि पढाउदै र ५ भन्दा बढी माइक्रोबायोलोजी तथा फुड टेक्नोलोजी किताब लेखेका छन् । यस्तै, प्राविधिक सहायक घिमिरे ४१ बर्षदेखि कार्यरत छन् । सम्मानित हुने ब्यक्तित्वहरुलाई प्रमुख अतिथी भण्डारी, क्याम्पस प्रमुख, संचालक समिति अध्यक्ष तथा बिभागिय प्रमुख उप प्राध्यापक शिव नन्दन शाहद्वारा टोपी, दोसल्ला तथा सम्मान पत्र प्रदान गरिएको थियो।

प्रमुख अतिथि भण्डारीले अग्रज प्राध्यापकहरुलाइ सम्मान गर्ने कार्य प्रशंसायोग्य रहेको भन्दै आफू प्रभाबित भएको पनि बताए । सभामुख भण्डारीले आफु पनि सोही क्याम्पस पढेको स्मरण गर्दै क्याम्पसको शैक्षिक, भौतिक प्रगति गरेकोमा खुशी व्यक्त गरे । उनी वि.स.२०३१ सालमा सोही क्याम्पसमा पढेका थिए । सम्मानित सहप्रध्यापक राईले आफुले पढाइरहेको क्याम्पसमा सम्मानित हुने नसोचेको भन्दै आफु भावविभोर भएको बताएका थिए । 'हामीलाई समाजले पैसा दिनु पर्दैन, केवल हाम्रो कामको मुल्यांकन सहि तरिकाले गरियोस । हामी निरन्तर खोज र प्रगतिको अर्को चरण पहिल्याउन गतिशिल हुन्छौ,'राईले भने ।

hattisar 2

कार्यक्रममा क्याम्पसमा संचालित बिएस्सी न्युट्रीसन तथा डाइटिटिक्स बिसयलाइ नेपाल स्वास्थ्य ब्यबसायी परिसदमा दर्ता गराउन प्रदेश सरकारले पहल गरिदिन प्रमुख अतिथि भण्डारीलाई क्याम्पस प्रसाशनले आग्रह गरेको थियो । क्याम्पस प्रमुख प्रा.डा. धन बहादुर कार्की, क्याम्पस संचालक समितिका अध्यक्ष प्राध्यापक पशुपति मिश्र लगायतले मन्तब्य राखेका थिए भने प्रबिधि इन्चार्ज कामना बान्तावा तथा शिबनन्दन शाहले पास्चरको जिवनी र दैनिक जिवनमा माइक्रोबायोलोजिको महत्वका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए।

निबन्ध प्रतियोगितामा मिनोर प्रथम

पास्चर जयन्तीको अवसरमा क्याम्पसमा अध्यनरत विद्यार्थीहरुबीच माइक्रोबायोलोजिको क्षेत्रमा पास्चरको योगदान नामक निबन्ध प्रतियोगिता गराइएको थियो । उक्त प्रतियोगितामा मिनोर बिश्वकर्मा ,संगीता शर्मा, अस्मित लिम्बू क्रमशः प्रथम, दोश्रो तथा तृतीय भएका थिए । उनीहरुलार्इ बायोलोजिका सह प्राध्यापक डा. गणेश थापा, सहायक क्याम्पस प्रमुख डा. दिल कुमार लिम्बू , उप प्राध्यापक डम्बर बहदुर खड्का, शिक्षण सहायक प्रीन्स सुब्बा लगायतले पुरस्कार बितरण गरेका थिए।

सन १८२२ डिसेम्बर २७ तारिख फ्रान्समा जन्मेका महान बैग्यानिक लुइस पास्चरले रेबिज, चिकेन पक्स र अन्य रोगका भ्याक्सिन पत्ता लगाएका थिए। उनले दिएको पास्चुराइजेसन प्रबिधी आज पनि दूध तथा वाइन , बियर उत्पादनमा उत्तिकै महत्वपूर्ण छ । जीवन केवल जीवबाटै उत्पादन हुन्छ, रोगको कारक तत्व सूक्ष्म जिवहरु हुन, जस्ता उनको सिद्धान्त आज पनि बैज्ञानिक छन्।