धरान: मोरङको याङशिलामा २५ वर्षपछि ७ दिने कालोपानी संस्कृति तथा पर्यटन मेला २०७५ शुरु भएको छ ।

साविकको याङशिला रहेको पर्यटकीय स्थलहरुको प्रचार प्रसार र प्रवद्र्धन गर्ने उद्देश्यले आइतबारदेखि कालोपानी पर्यटन मेला शुरु भएको हो । मेलाको एक समारोहबीच केराबारी गाउँपालिका अध्यक्ष रोहित कार्कीले उद्घाटन गरेका थिए । पुष २१ गते सम्म केराबारी ६ स्थित कालोपानीमा यो मेला लाग्ने अध्यक्ष प्रकाश श्रेष्ठले वताए । कालोपानीवासीहरुले परापुर्वककालदेखि नै आफ्नो सस्कार र संस्कृतिलाई जगेर्ना गर्नको निम्ति प्रत्येक १५ पुषमा मेला लाग्दै आएको थियो । तर, माओवादी जनयुद्ध शुरु भएपछि सुरक्षाको दृष्टिले यो मेला बन्द भएको थियो ।

_DSC0770 copy

मेलामा स्थानीय रुपको जातीय खानाका परिकार सहित मनोरन्जनका विविध साधानहरु पनि राखिएका छन् । याङशिलाको पर्यटन प्रवद्र्धनका लागि संभावित क्षेत्रहरुको फोटो प्रदर्शनी छ भने विभिन्न जातिहरुको साकेला, च्याव्रुङ, सेलो, हुर्रा, लाखे नाचहरुको प्रस्तुती पनि छ । यस्तै, राष्ट्रिय स्तरका चर्चित गायकहरु शम्भु राई, प्रताप दास,दिपा लामा, सुरश लामा र हास्यकालाकार विक्रम धिमाललगायतको प्रस्तुती पनि मेलामा हुनेछ । मेलाको अवसरमा फुटवल प्रतियोगिता पनि शुरु भएको छ ।

याङशिलामा आदिबासी जनजातीहरुको अधिक बाहुल्यता छ भने मगर जाति अझ बढी छन् । उहिल्यै यहाँका किसानहरुले कृषि उत्पादनका वस्तुहरुदेखि लिएर त्यहाँ उत्पादन गरिएको कृषि सामाग्री सहित गाउभरीका मानिसहरु भेला भएर मेला लगाउँथे । अन्नपात उव्जनी भएपछि बालीनाली थन्काएर मेलामा रमाइलो पनि गर्ने गर्दथे । मेलाको लागि ठुलो जमात भेला हुन्थे । धरान, इटहरी लगायतका मानिसहरु मेलामा रमाइलो गर्न जाने गर्दथे । त्यो वेला धरान र इटहरी सम्म पैदल हिडेर जानु पर्ने भएकाले पनि पुषे मेलाले त्यहाँका वासिन्दाहरुलाई सहज हुने गर्दथ्यो ।

_DSC0794 copy

ढुङ्गै–ढुङ्गाको ठाउँ भनेर पहिचान वनाएको याङ्शिला धरान उपमहानगरदेखि झण्डै ११ किलोमीटर पुर्वी क्षेत्रमा पर्दछ । धरानदेखि पानबारी हुँदै सो क्षेत्रमा पुग्न सकिन्छ । पछिल्लो समय ढुङ्गाहरुको आकृतिलाई विस्तारेै देख्न नपाइरहेका वेला त्यहाँ पुगेपछि ठुल्ठुला ढङ्गाहरुको आकारले पनि जो कोहीको मन आकर्षित गर्ने गरेको छ ।

पर्यटकीय क्षेत्रहरु के –के छन त ?

सुनसरी, मोरङ र धनकुटाको संगमस्थल हो,साविक याङशिला गाविस । हाल कराबारी गाउँपालिकामा पर्छ । मधेशका फाँटलाई दृश्यावलोकन गर्न सकिने टाकुरे डाँडा छ । यस्तै, दुम्सेढुंगा, जगरे डाँडा, तोपथुम्का, याङशिलाका साथै बाह्रै महिना हुस्सेले ढाक्ने चिउरी भन्ज्याङ पर्यटकीय गन्तव्य बन्ने प्रचुर सम्भावना भएर पनि ओझेलमा छ ।

तस्बिरहरु: सनम तामाङ

49388070_1170793219750585_2873770013687283712_n copy

_DSC0653 copy _DSC0780 copy 49411162_1170793103083930_6073272924083585024_n copy 49671181_1170793176417256_1162375200071745536_n copy 49748590_1170793066417267_4765092535024484352_n copy