झापा : सरकारले हात्तीपाइले रोग निवारणका लागि यस रोग विरुद्घको औषधि खुवाउने अभियान सञ्चालन गरेपनि सर्वसाधारणले औषधि नखाइदिनु सबैभन्दा ठुलो चूनौती भएको छ ।

शुक्रबार मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको हात्तीपाइले रोग निवारण सम्बन्धि नगरपालिका स्तरीय अन्तरक्रियामा सहभागी स्वास्थ्यकर्मीहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
कार्यक्रममा स्वास्थ्यकर्मी जीवन चौलागाईँले हात्तीपाइले (फाईलेरिया) रोग फैलनुबाट रोक्नु र विरामीको संख्यामा कमी ल्याउनु तथा हात्तीपाइले (फाईलेरिया) रोगका विरामीहरूलाई दीर्घरोग, असक्त र कुरूपता हुनबाट बचाउनु नै हात्तीपाइले (फाईलेरिया) रोग निवारण कार्यक्रमको मुख्य उद्देश्यहरु रहेको सहभागीहरुलाई जानकारी गराए । नेपालले सन् २०२० सम्म हात्तीपाइले रोग निवारण गर्ने उद्देश्य लिएको छ ।

हात्तीपाइले (फाईलेरिया) रोग निवारण राष्ट्रिय कार्यक्रम अन्तर्गत फागुन १५ गतेदेखि स्वास्थ्यकर्मीहरुद्वारा आम नागरिकलाई औषधि सेवन गरोने कार्य शुरु हुदैंछ । । रोगको संक्रमण हुनबाट बचाउनु । यो रोगबाट प्रभावित जिल्ला भित्र बसोबास गर्ने औषधि खान योग्य सबै जनसमुदायलाई रोग विरुद्धको औषधि (डी.इ.सी. र अल्वेन्डाजोल) चक्की बर्षको एक एक पटक गरि चार देखि छ बर्ष सम्म खुवाउने र रोग व्यवस्थापन तथा अपाङ्गता रोकथामका लागि विरामीहरुलाई सरल तथा प्रभावकारी स्वम उपचार विधि अपनाउन लगाउने यसको रणनिती रहेको छ ।
हात्तीपाइले रोगको निवारणमा प्रयोग हुने औषधिहरुका बारेमा जानकारी गराउदैं चौलागाईँले डाइईथाइलकार्बामाजिन (डी. इ. सी.) अल्बेन्डाजोलका बारेमा सहभागीलाई जानकारी गराएका थिए । डाइईथाइलकार्बामाजिन (डी. इ. सी.) गत पाच दशक पहिले नै विकास भै हाल सम्म औषधि उपचार प्रयोगमा आइरहेको र अल्बेन्डाजोल गत अढाई दशक देखि प्रयोगमा आइरहेको औषधि भएको बताए । यो औषधि (चक्की) पेट, आन्द्रामा हुने विभिन्न थरिको जुकाको उपचारको लागि प्रयोग भै रहेको औषधि हो । औषधि खाँदा वा खुवाउँदा याद राख्नु पर्ने कुराहरुका बारेमा समेत उनले जानकारी दिए । कार्यक्रममा यी दुवै प्रकारको चक्की औषधी खानासँगै अथवा खानापछि खानु पर्ने र खालीपेटमा औषधी खान नहुने बताए । दुई वर्ष नपुगेका केटाकेटीहरू, गर्भवती र ७ दिन सम्मका सुत्केरी आमाहरु, सिकिस्त विरामीहरू (जसले दैनिक क्रियाकलाप गर्न सक्दैन, ओछ्यानमा परेको, कुनै कडा रोगको लागि औषधि सेवन गरिराखेको जस्तै–क्यान्सर, मुटू रोगी, कलेजो रोगी, मृगौला रोगी, फोक्सोको दिर्घ रोगी, मृगी (छारे रोग) रोगी, २४ घण्टा भित्रमा ज्वरो आएको, कडा कुपोषण भएका ५ वर्ष मुनिका बालबालिकाहरुले उक्त औषधी सेवन गर्न नहुने बताइएको थियो ।
अहिले पनि झापामा मात्र २५ देखि ३० प्रतिशतले यो औषधि खाने गरेका छैनन् । औषधि खानु हुँदैन भन्ने गलत धारणाका कारण यो अभियान सफल हुन नसकेको स्वास्थ्यकर्मीहरुको भनाई छ । अभियान सञ्चालन गरेर टोल टोलमा गएर यो औषधि खानुहोस भनेर दिँदासम्म मानिसले नखाइदिएका कारण यो रोग नियन्त्रणमा चूनौति बनेको स्वास्थ्य शाखा संयोजक शशीकला राईको भनाई छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक वर्ष हात्तीपाइले रोग विरुद्घको औषधि खुवाउने अभियान सञ्चालन गदैं आएको छ । ‘ औषधि खुवाउने अभियान स्वास्थ्कर्मी र स्वय्म सेवक परिचालन गरेर मात्र लक्ष्य पुरा नहँुदो रहेछ ’राईले भनिन्केशवराज भण्डारी‘औषधि खानै मान्छेले नमाने पछि के गर्ने ? विगतको तथ्याङ्कलाई हेर्दा जिल्लामा २५ देखि ३० प्रतिशत मानिस यो औषधिको पहँुचदेखी बाहिरै रहेको उनको भनाई छ ।
मेची अञ्चल अस्पतालका प्रमुख एवम् वरिष्ठ फिजिसियन डाक्टर पिताम्बर ठाकुरका अनुसार क्युलेक्स जातको पोथी लामखुट्टेले स्वास्थ्य मानिसलाई टोकेमा यो रोग सर्ने गर्दछ । डा ठाकुरका अनुसार हात्तीपाइले फाइलेरिया सरुवा रोग हो । यो एक प्रकारको मसिनो धागो आकारको उच्चेरेरिया वान्क्रोफ्टी नामको परजीविबाट लाग्छ् । यस रोगको जीवाणु शरीरमा प्रवेश गरेको १० देखि १५ बर्ष पछि मात्रै यसका लक्षण देखिने भएकाले मानिसले औषधिलाई वेवास्ता गर्ने गरेको स्वास्थ्यकर्मीहरुको अनुमान छ । स्वास्थ्य समस्याका रुपमा देखिएको हात्तीपाइले रोग निवारणका लागि नेपाल सरकारको कार्यक्रम अन्तर्गत हात्तीपाइले रोग निवारण अन्तर्गत हाइड्रोशिल भएका विरामीहरुलाई निःशुल्क शल्यक्रिया सेवा प्रदान गर्ने छ ।
जनचेतना र प्रचार प्रसारको अभावका कारण भन्दा पनि गलत धारणाका कारण धेरै जसो पढे लेखेका र शिक्षित वर्गले नै यो औषधि नखाइदिने एक महिला स्वय्मसेविका बताउँछिन् । सरकारी तथ्याङ्क अनुसार नेपालका ६१ वटा जिल्लामा हात्तीपाइले रोगको सक्रमण छ । हाल सम्म १२ करोड मानिस यो रोग बाट संक्रमित भइसकेका छन् । नगर प्रमुख विमल आचार्य उपप्रमुख मिना पोखरेल उप्रेती मेची उदोग बाणिज्य संघ मेचीनगरकी महिला उपाध्इक्ष विना तामाङलगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाका सहसंयोजक रामनारायण यादवले गरेका थिए ।