हाम्रो कलेजोमा जब बोसो जम्मा भएर जान्छ त्यो स्थितिलाई फैटी कलेजो (लिवर) भनिन्छ । यसलाई यसरी बुझ्न सकिन्छ की, जसरी मोटोपन हुनाले हाम्रो शरीरको बाँकी भागमा बोसो बढ्छ । ठिक कलेजोद्वारा शरीरमा ब्लड सुगर, विसैलो तत्व र कोलेस्ट्रोलको स्तर नियमित हुन्छ । धेरै बोसो थिग्रनको कारणले फैटी लिवरको समस्या हुन्छ ।
त्यसैगरी हाम्रो कलेजोमा पनि बोसो जम्मा हुन शुरु गर्दछ । यसको कारणले कलेजोमा एकिकृत भएको बोसो कलेजो (पैटी लिवर) ले सामान्य सेल्सहरुलाई नष्ट गर्न शुरु गर्दछ, सामान्य सेल्सहरु बिस्तारै नष्ट हुँदै जान्छ, अनि कलेजोमा बोसो जम्मा हुन्छ, जसको कारणले कलेजोको विरामी भइन्छ । यो स्थिति पछि गएर हेपाटाइटिस, सिरोसिस, फाइब्रोसिस वा कैंसरमा परिणत हुन्छ ।

कारण/जोखिम कारण

१. विरामीको मुख्य समस्या मोटोपन हो ।
.डायबिटीज वाथाइराइड हुनेलाई पनि कलेजोमा बोसो (फैटी लिवर) हुनसक्छ ।

किसिम

फैटी लिवर (कलेजोमा बोसा) एउटै प्रकारको हुन्छ, त यसको तीन अवस्था हुन्छ नैश, ऐश र कैश । मोटोपनले गर्दा हुने फैटी लिवरलाई नैंश भनिन्छ, मतलव नान् अल्कोहलीक स्टेंट अफ हेपाटाइटिस । यसकै अर्को अवस्थालाई ऐश, मतलव अल्कोहलीक स्टेण्ट अफ हेपाटाइटिस भनिन्छ । तेस्रो अवस्था त्यो व्यक्तिहरुलाई हुन्छ जसलाई कैंसर भएको र कीमोथेरापी उपचार गराई राखेका हुन्छन् । यस प्रकारको उपचार गराउनेहरुको कलेजो बिग्रिसकेको हुन्छ र त्यसमा (कलेजो) बोसो जम्मा हुन शुरु गरिसकेको हुन्छ, यस अवस्थालाई कैश भनिन्छ ।

लक्षणः

साधारणतया एशियालीहरुमा फैटी लिवरको शुरुको लक्षण थाहा पाइदैंन् । साधारणतया, कलेजोको सवैभन्दा राम्रो र नराम्रो कुरा भनेको कलेजो ८० प्रतिशत क्षतिग्रस्त नभएसम्म, लक्षणहरु देखिंदैन । जब लक्षणहरु देखिन थाल्छ, त्यतिखेर धेरै ढिला भइसकेको हुन्छ र फैटी लिवरको कारणले अरु रोगहरु लागिसकेको हुन्छ । धेरैजसो विरामीहरुमा फैटी लिवर छ÷छैन भन्ने कुरा त्यतिखेर मात्र थाहा हुन्छ, जब सिरोसिस भइसकेको हुन्छ ।
त्यसैगरी जन्डिस, खाना नरुच्ने, आमासयमा पानी जम्नु आदि फैटी लिवरको लक्षण हुन् । जब फैटी लिवर चरम सिमामा पुग्छ तव विरामीको मस्तिष्कमा पनि असर गर्दछ । जसको कारणले विरामी आफ्नो होश गुमाउन थाल्छ । विरामीलाई रगत बान्ता हुनथाल्छ ।
विरामीको पहिलो अवस्थामा नै लिवर (कलेजो)मा बोसो जम्मा हुनजान्छ । दोस्रो अवस्थामा कलेजो सुनिन्छ । यस अवस्थालाई हेपाटाइटिस भनिन्छ । तेस्रो या अन्तिम अवस्था भनेको फाइट्रोसिर वा सिरोसिस हो । यो अवस्था तव आउँछ, जव धेरैजसो नर्मल कलेजोको सेल्सहरुले काम गर्न छाड्न् र फैटी टिस्युमा परिवर्तन हुनजान्छ । जसरी चोट लागेमा हाम्रो अनुहारमा दाग देखिन जान्छ, त्यसैगरी कलेजोमा पनि दाग देखिन शुरु हुन्छ ।
जब कलेजोको नर्म सेल्सले काम गर्न छाड्छ, तब कलेजो आफैले पुनःनयाँ कलेजो वा पुन विकसित हुन शुरु गर्दछ । कलोजोको विशिष्ट गुण हुँदैछ कि कलेजो आफैले आफ्नो पुनः विकसित गर्न सक्ने क्षमता हुँदैछ । यो गुण हाम्रो शरीरको कुनै पनि अंगसँग हुँदैन । जब अधिकांश सेल्सहरु खत्तम हुन्छन् । तब बाँकी रहेको सेल्स, आफैले फेरी विकसित हुन कोशिस गर्दछन् । यस्तो परिस्थितिमा कलेजोको सेल्समा अनियन्त्रित बृद्धि वा धेरै विकसित हुन शुरु हुन्छ र सेल्स अत्याधिक विकसित भएमा कैंसर जस्तो रोगमा परिणत हुन्छ ।

जाँच/उपचार

फैटी लिवरको जाँच दुई किसिमबाट हुन्छ । नन् इन्पेसीव जाँच र इन्पेसीव जाँच । नन् इन्पेसीव जाँच भनेको रुटीन चेकअप गरिन्छ । यदि फैटी लिवर एड्वान्स स्टेजमा छ भने, रोगीको कलेजो फाइब्रोसिस भएको बुझिन्छ र यस स्थितिमा रोगीको फाइब्रोस्क्यान गरिन्छ । इन्पैसीव टेस्टमा लिवर बायोप्सी गरिन्छ । यो जाँच अन्तिम जाँच (परीक्षण) हो । यो टेस्टको लागि कलेजोमा सुईं हालिन्छ । र कलेजो मासुको टुक्राको परीक्षण गरिन्छ । विरामीलाई मोटोपन घटाउन पर्ने हुन्छ । यदि डायविटिज छ भने त्यसलाई रोकथाम गर्न जरुरी पर्दछ । थायरोड भएमा रोकथाम गर्नुपर्दछ । त्यसपछि औषधि दिने गरिन्छ ।

लेखक:
प्रा.डा. संजय सिंह नेगी
कलेजो प्रत्यारोपण सर्जन

Email:[email protected]