धरान : धरानमा अमेरीकाको वेभस्टर युनिभर्सिटीको सेमिनार सम्पन्न भएको छ ।

थाइल्यान्डको चाममा अवस्थित वेभस्टर युनिर्भ्सिटीको क्याम्पसमा पढाइ हुने ४ वर्षे ब्याचलर र थाइल्यान्डको बैंककमा पढाइ हुने मास्टर प्रोग्रामको बारेमा जानकारी गराइएको थियो । कार्यक्रमलाई विजयपुर उच्च माविका भुपु विधार्थी अपारदिप श्रेष्ठको अगुवाईमा, वेभस्टर युनिर्भ्सिटी थाइल्यान्ड र नेपालमा रहनुहुने अभिभावक सुनिता सिहंको सहयोगमा बिहिबार सम्पन्न भएको हो ।
सेमिनारका लागी अगुवा श्रेष्ठले वेभस्टर युनिर्भ्सिटी थाइल्यान्डका लागी स्वंयमसेवकको रूपमा काम गरेका थिए । यो संगै उनले धरानका विद्यार्थीहरूका लागी दैनिक जिवनमा आवश्यक शिष्टचारको महत्वका बारेमा समेत अन्तरदृष्टि प्रदान गर्ने र मानिसको व्यक्तित्वको भुमिकाको महत्व दर्साउदै विद्यार्थीको क्षमतावृद्धीका लागी सहयोग गर्ने उद्देश्यका साथ सेमिनारको आयोजना गरीएको बताए ।

व्यक्तिको व्यक्तित्व र प्रस्तुतीले एउटा व्यक्तिलाई कुनै पनि संस्थामा आर्कषक र अरूभन्दा भिन्न बनाउन मद्दत पुर्याउछ भन्ने श्रेष्ठको ठम्याई थियो ।
कार्यक्रममा बोल्दै संयोजक निमा दोर्जे भुटियाले धरानमा चलिरहेको शैली भन्दा फरक तरीकाले सेमिनार आयोजना गरिएको बताए । आजकाल विद्यार्थी अन्य देशमा पढ्न जाने चलन बढेको छ तर त्यसको लागी परामर्श गर्ने नाममा पर्चा बाड्ने काम मात्र हुने गरेको छ । सेमिनार भनेर विभिन्न युनिभर्सिटीको स्टल राखेर विद्यार्थीलाई त्यस ठाँउमा पढ्नका लागी भर्ना कार्यक्रम भइरहेको छ । त्यस पहिचानलाई परीवर्तन गर्दै युनिर्भ्सिटीको जानकारी संगै दैनिक जिवनमा आवश्यक पर्ने विभिन्न शिष्टचारका कुराहरू प्रत्यक्ष रोल प्ले डेमन्सट्रेसनबाट ज्ञान समेत बाँड्नका लागी यस सेमिनार आयोजना गरीएको बताए ।

कार्यक्रममा खाना खाने, टेलिफोन, बैठक, अर्न्तवार्ता र लुगा लगाउने गरी दैनिक जिवनमा उपयोगी हुने पाँच शिष्टचारको अभिनय मार्फत प्रस्तुती गरिएको थियो । यस रोल प्लेमा विजयपुर उच्च माविका विद्यार्थीहरूले अभिनय गरेका थिए ।
उक्त सेमिनारमा वेभस्टर युनिर्भ्सिटीका नेपालका लागि कन्ट्री म्यानेजर किरण घिमिरेले वेभस्टर युनिर्भ्सिटीको बारेमा जानकारी गराएका थिए । उनले वेभस्टर युनिर्भ्सिटीको ब्याचलर लेभलमा इन्टरनेसनल रिलेसन्स, बिजनेस एडमिनिष्ट्रेसन, साइकोलोजि, मार्के्टिङ, ह्युमन रिसर्च र इन्टरनेसनल बिजनेसमा जोड दिने व्यवस्थापन, कम्प्यूटर साइन्स, मिडिया कम्युनिकेसन लगायतका कोर्षहरूको पढाइ हुने र मास्टर लेभलमा मास्टर इन बिजनेस एडमिनिष्ट्रेसन, ह्युमन रीसर्च व्यवस्थापन, मार्केटिङ र इन्फरमेसन टेक्नोलोजीमा जोडदिने एमबिएको कक्षा र टिचिङ इंगलिस एस ए सेकेन्ड ल्याङग्वेज ESL लगायतका कोर्षहरूको पढाइ हुने बताएका छन् ।

उनले युनिभर्सिटीको नौ वटा शाखामा जहाँबाट कोर्ष सकाएपनि अमेरीकन डिग्री पाइने बताएका छन् । तर देशअनुसार पढाई शुल्क भने फरक फरक रहेको छ । ब्याचलरको आठ ओटा सेमिस्टरमध्ये हरेक सेमेष्टरको ६ हजार ५ सय अमेरीकी डलर पढाइ खर्च लाग्ने बताएका छन् । साथै मास्टरको लागि भने ५ हजार ५ सय अमेरीकी डलर आवश्यक पर्ने जानकारी गराएका छन् । जसमा नेपाली विद्यार्थीले एड्मेसन गर्ने वित्तिकै स्वतः ३५ प्रतिशत र स्कुलरसिपको लागि अप्लाई गरेको खण्डमा विद्यार्थीको अध्ययन, क्षमता र प्रस्तुति लगायतको योग्यताको आधारमा ५० प्रतिशतसम्म स्कुलरसिप पाउनसक्ने बताएका छन् ।

उनले युनिभर्सिटीको नौवटा शाखामध्ये जुनसुकै शाखाबाट पनि अर्को शाखामा पढ्न जानकोलागि कोृष रजिष्टर गरेर सजिलैसँग जान सकिने बताएका छन् । जसको लागि युनिभर्सिटीले एकपटकको लागी जाने आउने प्लेन टिकटको समेत निःशुल्क व्यावस्था गरिदिनेछ । विद्यार्थीले थाइल्यान्डमा एकवर्ष पढिसकेपछि अमेरिकाको युनिभर्सिटीमा जान पनि पाइने बताइएको छ । यसरी थाइल्याण्डमा ब्याचलर्समा अध्ययन गरीरहेको विद्यार्थीले युनिभर्सिटीको अन्य शाखामा पढ्न गएमा एक वर्षसम्म र मास्टर्समा छ महिना सम्म थाइल्याण्डकै पढाइ शुल्कमा रहेर पढ्न पाइनेछ । त्योभन्दा बढी त्यसै ठाँउमा पढ्न चाहेमा त्यस युनिभर्सिटी अनुसारको शुल्क लाग्ने बताइएको छ ।

अन्य राष्ट्रमा जस्तै विद्यार्थीहरुका लागि भनेर हप्ताको २० घन्टा काम गर्ने अनुमति प्रदान गर्ने गरिन्छ । वैधानिकरुपमा भने विद्यार्थीहरुले युनिभर्सिटीबाट एउटा सर्टि्फिकेट लिएर भने थाइल्यान्डमा इन्टर्न्सिपको आधारमा काम गर्न पाउनेछन् । उनले काम गर्नका लागि कलेजबाट अनुमति लिएर भने सहज रूपमा काम गर्न सकिने बताएका छन् ।

ब्याचलर पढिरहेका विद्यार्थीहरुको बिहान १० बजेदेखि ५ बजेको समय अवधिमा हप्तामा चार दिन पढाई हुनेछ । मास्टर गर्ने विद्यार्थीहरु भने फुल टाइम काम गर्न सक्नेछन् । मास्टर पढ्ने विद्यार्थीहरूको लागि हप्तामा दुई दिन साँझ ६ बजेदेखि १० बजेको समयमा कक्षा सञ्चालन हुने भएको कारणले मास्टर पर्ने विद्यार्थीहरुले बिहान ९ देखि ५ बजेसम्मको समय अवधिमा फुल टाइम काम गर्न सक्नेछन् ।
यसरी विद्यार्थीहरुले काम गरे पनि आफ्नो खाने र बस्ने खर्चमात्र धान्न सक्ने छन् । पढाइ खर्च भने उक्त कामबाट आएको पैसाले धान्न नसक्ने उनले जानकारी गराएका छन् । थाइल्यान्ड मा निकै रेस्टुरेन्ट र आइ टेक कम्पनिहरू भएको कारणले जागिर पाउन त्यति गाह्रो नपर्ने उनले बताएका छन् । तर एजुकेसन भिसामा जाने विद्यार्थीले आफ्नो खर्च चाहिँ काम गरेर धान्न नसक्ने बताएका छन् । एसियाको विधार्थीहरूका लागी यस युनिभर्सिटीको अन्य शहरमा रहेको कलेज भन्दा एहतिहाइ कम फिमा पढ्न पाइन्छ ।

उनले विद्यार्थीलाई देशभन्दा पनि आफूले पढ्ने कोर्षलाई हेरेर पाएक पर्ने स्थानमा पढ्न जानुपर्ने जानकारी गराएका छन् । हाल नेपालमा आफ्नो कोर्षभन्दा पनि देश हेरेर जाने चलन भएको कारणले धेरै विद्यार्थीहरु समस्यामा पर्ने गरेका छन् तर विद्यार्थीहरुले देशभन्दा पनि सर्वप्रथम आफूले पढ्ने कोर्षलाई हेरेर राष्ट्रलाई छान्नुपर्ने बताएका छन् । विधार्थीले सुरूमा कुन युनिभर्सिटीले छानेको विषयमा राम्रो पढाइ गर्छ, फि कति लाग्छ लगायत कुरा हेरेर बल्ल पिआरको सुविधाहरूका बारेमा हेरे सहज हुने उनले बताए । विधार्थीले सुरूमा आफ्नो पढाइ सकाए राम्रो कामले सधै पर्खिरहने उनले उदघोष गरे ।

उनले सस्तो शुल्कमा अमेरिकन डिग्री पाउन चाहने बिद्यार्थीहरुलाई भने थाइल्याण्ड उत्कृष्ट रोजाइ हुनसक्ने बताएका छन् । यो संगै थाइल्यान्डको खाना र वातावरण पनि नेपालसंग मिल्दो जुल्दो रहेको प्रकाश पारे ।

सन् १९१५ मा अमेरिकाको सेन्ट लुइसमा सुरु भएको उक्त युनिर्भ्सिटी विशेषगरी महिला शिक्षालाई प्रमोट गर्नको लागि सुरु भएको थियो । उक्त समयमा काला र गोरा जातीमा विभेद भएको कारणले काला मानिसको लागि पनि शिक्षा आवश्यक पर्ने भन्दै सबैलाई समानरुपमा शिक्षा प्रदान हुनुपर्छ भन्ने उद्देश्यसहित उक्त युनिभर्सिटीको सुरुवात भएको थियो ।

हाल उक्त युनिर्भ्सिटी अफ्रिकाको घाना, युरोपको द नेदरल्यान्डस, स्विटजरल्याण्ड, अष्ट्रिया, इङग्ल्यान्ड युके, ग्रिस, उजवेकिस्तान र एसियाको चाईना र थाइल्यान्डमा रहेको छ । नौ वटा शाखा र ६० वटा देशहरूमा संचालन हुने यस युनिभर्सिटी फरक फरक स्थानमा भएपनि उक्त शाखामा पढाई हुने कोर्ष भने एउटै प्रकारका रहेका छन् ।

तस्विरः शिशिर राई

4 13

3 6

2 10