धरान : सिरिजंगा लिपि संरक्षण बारे अन्तरकृया कार्यक्रम शनिबार धरान १३ फुस्रेमा सम्पन्न भएको छ ।

युमा साम्यो महासभा सुनसरी धरान १३ शाखाको आयोजनामाभएको अन्तरकृयामाविभिन्नवक्ताहरुले आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए । सिरिजंगा लिपी कि किरात लिपी ? यस बिचको विषयमा बढी केन्द्रितभएर वक्ताहरु बोलेका थिए । त्यस्तै सिरिजंगालिपीमा कति वटा अक्षर हुन्छन् ? यस विषयमा पनि विशेष वक्ताहरुले आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमका प्रमुख वक्ता तथा प्रमुख अतिथि समेत रहेका सिरिजङगा लिपि तथा भाषा विज्ञ एवं पालुङवा प्रतिस्ठानका केन्द्रिय अध्यक्ष आर.बि पालुङवाले अहिले सतहमा आएको किरात लिपि नभएर खास गरी सिरिजङगा लिपि नै मान्य हुने दावी गरेका छन् । त्यस्तै लिपिको सन्दर्भमा विशेषत २४, २५ र ३२ वटा रहेको पाइएको छ । तर २४ र २५ वटा भएको लिपि बढी प्राथमिकता र प्रचलनमा रहेको छ । त्यसमा पनि २४ लाइकि २५ वटालाई मान्यतादिने ? वक्ताहरु र प्रमुख अतिथि पालुङवाले २४ वटालाई नै हाललाई मान्यता दिन सकिने तर्क पेश गरेका छन् । त्यससँगै उनले याक्थुङ भाषा र लिपीका विषयमा हिजोदेखि विभिन्न समय कालखण्डको अन्तरालसँगै परिमार्जन र विस्तार हुुदै आएको र भोलीका दिनमा पनि यो परिमार्जन हुने भएकोले यसका बारेमा यसै भनेर बोल्न र लेख्न त्यति सहज नहुने बताएका छन् ।

त्यस्तै विशेष अतिथी रहेका सिरिजङगा लिपि तथा याक्थुङ भाषा सँस्कार संस्कृति सम्बन्धी लामो समयसम्म खोज अनुसन्धानकर्ता तथा युमा साम्यो महासभा झापाका सल्लाहकार अशोक नेम्वाङले योयाक्थुङ भाषा तथा लिपीलाई संरक्षण गर्न आजै र आफैबाट शुरु गर्नु पर्नेमा जोड दिए । याक्थुङहरु भाषा, लिपि, सँस्कार, संस्कृती, पहिचान जस्ता कुरामा अव्वल र धनी रहेकाभन्दै गैर समुदायबाट सापटी लिनु पर्ने आवस्यकता नरहेको बताए । बरु उल्टै हाम्रो भाषा र लिपिमा थपघट गरेर उनिहरुले आफ्नो भाषा र लिपि तयार बनाएको विचार राखे ।
त्यस्तै अर्का विशेष अतिथी रहेका युमा साम्यो महासभा नेपालका केन्द्रिय महासचिव तथा सिरिजङगा लिपि संरक्षण विभागका सँयोजक डा. रमेश इजमले याक्थुङ भाषा र लिपिलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने धारणा राखेका छन । सरकारी कामकाजका लागी याक्थुङ सिरिजङगा लिपि र भाषामा कार्य गराउनका लागी सम्बन्धित निकायमा विशेष पहलगरी रहेको कुरा सुनाएका थिए ।

युमा साम्यो महासभा नेपाल सुनसरीका खोज तथा अनुसन्धान विभाग सम्योजक देव इजमले यो सिरिजङगा लिपि एउटा याक्थुुङ सभ्यता निर्माणमा महान परीघटना र सृङखला भएको बताएका छन् । हाल आएर यसको व्याख्या र विश्लेषण विज्ञहरुबाट विभिन्न तौल तरिकाले गर्ने गरेको पाइन्छ, तथापी यो अन्यौलता र बुझाइमा जे भएपनि विचलन र विभाजित नभई व्यावहार र अभ्यासमा एउटै हुनु पर्नेमा जोड दिए । त्यस्तै युमा साम्यो महासभाकला सँस्कृति तथा प्रशिक्षण प्रमुख आइत खजुमले लिपि भन्दा पहिला भाषा जान्नु प्रमुख विषय भएको विचार राखे । यसका लागी अभिवाभकले नै आफ्नो मातृ भाषा आफ्ना सन्ततीलाई सिकाउनु पर्ने बताए । हामीलाई लेख्न भन्दा बोल्न अलि सरल र सहजहुने भएकाले पनि भाषा आएपछि लिपि आफै स्वत् रुपमा चासो बढेर जाने दावी गरेका छन् ।

कार्यक्रममा युमा साम्यो महासभा सुनसरीका अध्यक्ष नेत्र साँवादेन, सदस्यकृष्ण लावती र लिम्बु पत्रकार संघ सुनसरीका अध्यक्ष कुशल कुरुम्भङले पनि आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रम युमा साम्यो महासभा सुनसरीका अध्यक्ष नेत्र साँवादेनको सभापतित्व र सिरिजङगा लिपि संरक्षणका अभियान्ता भक्त मुसहाङको सँम्योजकत्वमा सम्पन्न भएको थियो ।