किशोरावस्थामा विपरीत लिंगीप्रति आकर्षण हुनु सामान्य जैविक प्रक्रिया हो । तर, अझैपनि यौनलाई समाजमा खुला रूपमा लिन नसक्दा उनीहरू मानसिक प्रताडना र कानुनी सजायको सिकार हुने गरेका छन् ।

किशोरावस्था संवेदनशील उमेर हो । स्वाभाविक यौन जिज्ञासा र मनोविज्ञानलाई अभिभावक, शिक्षक, समाज र नीतिगत संरचनाले बुझ्नुपर्ने हुन्छ । अनावश्यक अनुशासनको अंकुश लगाउँदा गलत संगतमा लाग्ने, कुलतमा फस्ने, आपराधिक गतिविधि गर्ने जोखिम बढ्ने गर्छ ।कलेज पढ्ने भइसकेपछि अधिकांशले केटा वा केटी साथी बनाउन सुरु गर्छन्, किनकि किशोरावस्था यौनको बारेमा बढी उत्सुकता हुने उमेर हो ।

साथीसँग खुलेर कुरा गर्ने

नेपाली समाजमा अझै पनि यौनको विषयमा खुलेर बहस गरिँदैन । टिनएजरहरू यसको प्रत्यक्ष सिकार भइरहेका हुन्छन् । यौनसम्बन्धी समस्याबारे खुल्न नसक्दा भविष्यमा भयानक रोग लाग्ने जोखिम रहन्छ । तसर्थ आफ्नो समस्या, रुचि र चाहनाबारे साथीसँग कुरा गर्न सकिन्छ, यसो गर्दा वातावरण सहज हुन्छ । यस उमेरमा सही ज्ञान लिन सकेमा यौन दुव्यवर्हारलगायत अपराध पनि स्वतः घटेर जाने गर्छ ।

सुरक्षित रहने

उचित सरसल्लाह र मार्ग्निर्देशनको अभावमा कतिपयले गलत निर्णय लिइरहेका हुन्छन् । खासगरी लहलहैमा लागेर प्रेममा पर्ने वा केटा वा केटी साथी बनाउने गर्छन् । जसले गर्दा पछि समस्या सिर्जना हुन सक्छ ।

त्यस्तै, अधिकांश किशोरकिशोरी नै यौन दुव्र्यवहारको सिकार भइरहेका हुन्छन् । दुव्र्यवहार हुँदा पनि बाहिर खुल्न डराउने र लजाउने गर्छन्, जसकारण अपराध लुक्छ । जसको मुख्य कारण नै उचित ज्ञान र जानकारीको कमी हो । तसर्थ किशोर–किशोरीलाई यस्ता दुव्र्यवहारबाट बचाउन उनीहरूलाई सही ज्ञान दिन जरुरी हुन्छ ।

कार्यक्रम तथा सेमिनार

किशोर–किशोरीको यौन स्वास्थ्यबारे विभिन्न सेमिनारमा बहस भइरहेको हुन्छ । त्यस्ता कार्यक्रममा सहभागी भएर यौन स्वास्थ्यबारे जानकारी लिन सकिन्छ । जसले गर्दा उनीहरूमा यौनसम्बन्धी कुन्ठा हुन पाउँदैन ।

सहज महसुस गर्ने

यौनजन्य अपराधको मुख्य कारण हाम्रो समाज यौनको विषयमा खुला नहुनु पनि हो । यौन भावना दबाएर राख्दा अनैतिक क्रियाकलाप बढ्ने जोखिम रहन्छ । त्यस्तै, कसैसँग सम्बन्धमा रहँदा पनि दबाबमा बस्नुहुँदैन । आफ्नो सम्बन्धमा सचेत नहुँदा अनैतिक सम्बन्धका कारण परिवारलाई समेत असर पर्न सक्छ । साथीहरूको सम्बन्धमा पनि ख्याल गर्नुपर्ने हुन्छ ।

नियमित स्वास्थ्य परीक्षण गर्ने

विशेषगरी किशोर–किशोरी आफ्नो स्वास्थ्यप्रति हेलचेक्र्याइँ गर्ने हुन्छन् । त्यस्तै, अन्य कतिपय कुरामा ध्यान नदिँदा विभिन्न स्वास्थ्य समस्या देखापर्ने गर्छ । खासगरी लजाउने बानीका कारण चिकित्सकसँग पनि खुलेर कुरा गर्दैनन्, जसले गर्दा स्वास्थ्यसम्बन्धी जटिलता देखापर्छन् । नयाँपत्रिकाबाट

डा. प्रभाकर शाह, जनरल सर्जन, कान्तिपुर अस्पताल