झापा: शिक्षित जिल्ला भनेर चिनिएको झापामा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने मानिसको संख्या बर्षेनी बढ्दै छ ।

विगत तीन वर्षको तथ्यांक हेर्ने हो भने गत आर्थिक वर्षमा रक्सी पिएर सवारी साधन चलाउने मानिसको संख्या त्यस अघिका आर्थिक वर्षहरुको भन्दा दोब्बरले बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार गत आर्थिक वर्षमा मात्र ३ हजार १ जना मानिस मादक पदार्थ सेवन गरेर सवारी चलाएकोमा कारबाहीमा परेका छन । उनीहरुबाट ३० लाख १ हजार रुपैयाँ राजश्व संकलन भएको कार्यालयले जानकारी दिएको छ । गत आर्थिक वर्षमा मापसे कारबाहीमा परेका ३ हजार १ जनामध्ये सबैभन्दा बढी मोटरसाइकल चालक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । मापसेमा २ हजार २ सय ३० जना मोटरसाइकल चालक कारबाहीमा परेका थिए ।

mapase-7

त्यसअघि, आर्थिक वर्ष २०७३/७४ मा १ हजार ४ सय ५० वटा सवारी साधनका चालकलाई मापसेमा कारबाही भएको थियो । उनीहरुबाट १४ लाख ५० हजार रुपैयाँ संकलन भएको थियो । यो बर्ष कुल कारबाहीमा परेका सवारीमध्ये १ हजार १ सय ६६ जना मोटरसाइकल चालक रहेका थिए । आर्थिक वर्ष २०७४/७५ मा १ हजार ४ सय ९० सवारी साधन मापसे कारबाहीमा परेका थिए । तीमध्ये १ हजार १ सय ५१ जना मोटरसाइकल चालक रहेका थिए । त्यस वर्ष १४ लाख ९० हजार रुपैयाँ राजश्व संकलन भएको थियो । चालू आर्थिक बर्षको पुस मसान्तसम्ममा २ हजार ४ सय ७० जना चालक मापसे कार्बाहीमा परिसकेका छन् । उनीहरुबाट २४ लाख ७० हजार रुपैया राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । चालू आर्थिक बर्षमा १५ सय ७३ जना मोटरसाईकल चालकलाई कार्बाही गर्दा १५ लाख ७३ हजार रुपैया राजश्व संकलन भएको छ ।

दिउँसै मापसेमा चालक

mapase1

ट्राफिक प्रहरीसँगको सहकार्यमा शनिबार दिउँसो भएको स्ट्रिङ अपरेशनका केही तस्बिहरु यस्ता छन् ः—


दृष्य १ —

यो तस्बिर हो झापाको दमक उर्लाबारी सडक खण्ड अन्तर्गत ताराबारी ढाट नजिकैको । जहाँ हामी ट्राफिक प्रहरीसहित सडकमै थियौं । कृष्णमन्दिर तर्फबाट को १ ह ८४३५ नम्बरको सिटि सफारी हुईकिदै आयो । ट्राफिक प्रहरीले सो सिटिलाई रोके । उक्त सिटिमा ११ जना यात्रु सवार थिए । जहा एउटा सिटि सफारीमा चालकसहित ५ जना यात्रु बोक्न पाईने नियम छ । अझ यतिमात्र कहाँ हो र ? सो सिटि सफारीका चालक त मापसेमा लठ्ठ रहेछन् ।

दृष्य २ —

स्थान उहि, समय करिब दिउँसोको साढे ३ मात्रै बजेको थियो । अरु मोटरसाईकल चालक पनि मापसे कार्बाही परे । मापसे चेकिङमा परेका केही चालकहरु चाही सुरुमा रेडबुल मात्रै खाएको बताउँदै थिए । तर पछि आफुले मादकपर्दाथ सेवन गरेको उनीहरुले स्विकार गरे ।

यी त केही प्रतिनिधिमुलक तस्बिरहरु मात्रै हुन् । दिउँसै पनि मापसे गरि सवारी चलाउनेहरु सडकमै त्यो पनि मुख्य राजमार्गमै भेटिएपछि दुर्घटनाको अर्को कारक पत्ता लगाउन कसैलाई अब मुस्किल नहोला । त्यसैपनि मापसे गरि सवारी चलाउनेमा मोटरसाईलक चालक बढि रहेको तथ्याङ््क बाहिरिदा मोटरसाईकल चालकले पिउनु अघि एक पटक आफ्ना परिवार र आफन्तलाई सम्झिन आवश्यक भएको दमक ट्राफिक प्रमुख यज्ञराज शर्माको भनाई छ ।

mapase-5

दिनहुँ जसो भइरहेका सडक दुर्घटना गम्भीर चिन्ताका विषय बनेका छन् । नेपालका सन्दर्भमा सडक दुर्घटना नौलो कुरो नभए तापनि यसको न्यूनीकरणका प्रयास अप्रभावकारी रहनुले छटपटी बढाएको छ । सवारी दुर्घटनालाई सामान्य घटनाका रूपमा लिने प्रवृत्तिले गर्दा आज डरलाग्दो स्वरूप देखापरेको छ । कुनै दुर्घटनामा एकजनाको मात्रै मृत्यु भए तापनि त्यहाँ कसैका श्रीमान् वा कसैकी श्रीमती अथवा पाल्ने छोराछोरी या अभिभावक बाबुआमाको मृत्यु भएको हुन्छ । पारिवारिक रूपमा मात्रै ठूलो क्षति भएको हुँदैन, सामाजिक तथा राष्ट्रिय रूपमै पनि जनधनको अपुरणीय क्षति भएको हुन्छ ।

दुर्घटनामा पर्नेका परिवारलाई मात्रै शोक पर्ने, समस्याको पहाड थोपरिने र दुर्घटना विरुद्ध सक्रिय रहनुपर्ने निकाय चाहिँ एक–अर्कामाथि दोषारोपणमात्र गरिरहने परिपाटी छ । अनि तीव्र गतिमा गाडी हुइँक्याउनु चालकको दोष हो भने गाडी चुस्त, दुरुस्त नरहनु यातायात व्यवसायीको दोष हो । अझ ४ सिटे सिटि सफारीमा ११ जना चढ्नु भनेको यात्रु स्वयमको पनि आफ्नो सुरक्षाप्रतिको लापरवाही हो ।