धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरूले आज शुक्रवार बिहान देखी अस्पतालको ओपिडी सेवामा काम गर्न पूर्णरुपमा बन्द गरेका छन् ।
प्रतिष्ठानको जुनियर रेसिडेन्टल वेलफेयर सोसाइटीका सभापति डा. तनुम बनले नेपाल चिकित्सक सङ्घले शुक्रवारदेखि सरकारी अस्पताल, प्रतिष्ठान, मेडिकल कलेज, क्लिनिक लगायत बन्द गर्न परिपत्र गरेको बताउँदै डाक्टरहरूको आन्दोलनमा बिपीका चिकितसकहरुपनि सामेल भएको बताए।
बिपीका चिकित्सकहरूले आवासीय चिकित्सकलाई सरकारी आठौँ तह सरह निर्वाह भत्ता दिने निर्णय कार्यान्वयन गर्न माग गर्दै आन्दोलनमा ऐक्यबद्धता जनाएको हो । सरकारले सङ्घको २४ घण्टे अल्टिमेटमलाई सम्बोधन नगरेपछि चिकित्सकहरूले आन्दोलनको घोषणा गरेका हुन ।
उनीहरू सरकारले सुनिश्चित गरेको निर्वाह भत्ता कार्यान्वयन नभए विषय लिएर ३ हप्तादेखि आन्दोलनमा गरिरहेका थिए ।
गत: माघ २५ गते चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी आठौँ तह सरह सेवा–सुविधा दिर्ने निर्णय गरेको थियो । तर अढाइ महिना बितिसक्दा पनि उक्त निर्णय कार्यान्वयन नभएकोले चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन ।