धरान: आमाले दोस्रो बिहे गरेपछि दाम्लोमा बाधिएर दयनीयरुपमा हुर्किरहेका पाँचथरको मिक्लाजुङ ५ पतुङवाका नाबालक मित्रहाङ सम्बाहाम्फेको उद्दार गरी उपचारमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको छ ।

केही दिनअघि पत्रिकामा दाम्लोले बाधिएको अवस्थामा पाँच बर्षीय मित्रहाङको तस्बिरसहित पीडादायी समाचार छापिएको थियो । समाचार प्रकाशित भएपछि काठमाण्डौमा रहेकी सामाजिक अभियन्ता खुशी राईको पहलमा मित्रहाङको उद्दार गरी उपचारमा धरान ल्याइएको हो । बाल रोग बिशेषज्ञ डा. अरुणकुमार सिंहका अनुसार वडा अध्यक्षले फोन गरेर बच्चालाई उद्दार गरी हजुरआमाको साथमा बिपी प्रतिष्ठान पठाइदिएका थिए । नातिसहित हजुरआमा बिपी प्रतिष्ठान आएका छन् ।

डा. सिंहका अनुसार बच्चको मानिसक र शारीरिक कुन अवस्था छ भनेर अहिल्यै केही भन्न सकिदैन । तर, ५ बर्षको बच्चाले जसरी बोल्नुपर्ने, प्रतिक्रिया जनाउनुपर्ने हो, त्यस्तो मित्रहाङमा नदेखिएको उनले बताए । 'राम्ररी बोलेको पनि छैन, कानले पनि नसुनेको हो कि जस्तो छ,' डा. सिंहले भने, 'मैले उसको कानमा थपडी बजाउदा कुनै प्रतिक्रिया नै छैन ।' अहिले मित्रहाङलाई पेडियाट्रिक वर्डाको युनिट वानमा भर्ना गरिएको छ । उनलाई अस्पताल प्रशासनसँग कुरा गरेर निःशुल्क उपचारको व्यवस्था गरिएको डा.सिंहले जानकारी दिए । सबै आवश्यक जाँच गर्दै गएपछि मात्र मित्रहाङको वास्तविक अवस्था र रोग थाह हुने उनको भनाई छ । 'काठमाण्डौंबाट खुशी जीले सहयोग गरिरहनु भएको छ, विस्तारै बच्चा ठिक हुन्छ भन्नेमा आशावादी छुँ,'डा. सिंहले भने ।

47108582_10216338567410168_392007574980919296_n copy

मित्रहाङकी आमा शिलाले दोस्रो बिहे गरेर हिडेपछि दुई बर्षको उमेरदेखि बच्चाको विजोग भएको हो । उनका बुबा आशिकराम पनि वैदेशिक रोजगारीमा विदेशमा छन् । घरमा हजुरबा र हजुर आमा मात्र भएकाले उनीहरुले मित्रहाङलाई ओखलमा बाँधेर राख्ने गरेका थिए । मित्रहाङले त्यही दिशापिसाब गर्थे भने प्लाष्टिकमा राखेर हजुरबा, हजुरआमाले त्यही खाना पनि दिने गर्थे । अढाई बर्षको उमेरमा आगोमा परेको र उपचार गर्न नसकेपछि नातीको मानसिक सन्तुलन गुमेको उनीहरुको भनाई छ । नबाँधी राख्दा जथाभावी कुद्ने भएकोले बाँधेर राख्नुपर्ने आफुहरुको बाध्यता रहेको उनीहरु बताउँछन् ।

47134128_10216338570090235_3921362796888ss981504_n copy