धरान: कोशी प्रदेश ब्याडमिन्टन प्रतियोगिताको मेन्स डबल ‘बि’ लेभल विजेताको उपाधी संयोग बस्नेत र सगुन कार्कीको जोडीले चुमेका छन् ।

धरान ब्याडमिन्टन ग्रुपको आयोजनामा शनिवार र आइतबार भएको प्रतियोगितामा संयोग/सुमनको जोडीले हिमाल श्रेष्ठ र सुशील श्रेष्ठको जोडीलाई २१–९ र २१–१६ अङ्कले पराजित गर्दै उपाधि चुमेका हुन ।

धरान–१३ अमर बहुउद्देश्यीय कभर्ड हलमा भएको समापन समारोहमा विजेता जोडीले नगद ५१ हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे । दोस्रो हुने हिमाल र सुशीलको जोडिले नगद २७ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा प्रदीप श्रेष्ठ र जोसेफ ठकुरी तथा गौरव र एन्ड्रेस लिम्बुको जोडी संयुक्त तेस्रो स्थानमा रहे । उनीहरूले नगद ९ हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

‘बि’ लेभल मिक्स डबल महिला खुल्लाको उपाधि अनमोल राई र गीता राईले हासिल गरे । विजेता जोडिले सदिन्प राई र मनिषा तामाङको जोडीलाई १६–२१, २१–१७ र २१–११ अङ्कले पराजित गरेका थिए । उनीहरूले ३० हजार सहित मेडल,ट्रफी र प्रमाण–पत्र प्राप्त गरे ।

दोस्रो स्थानमा रहेका सन्दीप र मनीषाले नगद १८ हजार सहित मेडल,ट्रफी र संयुक्त तेस्रो स्थानमा रहेका विशाल थापा र योगिता थापा तथा मनि चाम्लिङ र रोजीको जोडीले नगद ५ हजार पुरस्कार ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

धरान नगर स्तर ‘सी’ विजेताको उपाधि आशिष र राई र मनिल राईले हासिल गरे । उनीहरूले नगद १५ हजार सहित मेडल, ट्रफी र प्रमाण–पत्र गरे ।

दोस्रो जीवन कन्दङवा र कर्णदल लिम्बु, तेस्रो राम लिम्बु र जीवन लिम्बु तथा सकुल गुरुङ र कुमारको जोडीले क्रमशः दोश्रो पुरस्कार १० हजार र तेस्रो पुरस्कार ३ र ३ हजार सहित मेडल, ट्रफी र प्रमाण–पत्र प्राप्त गरे ।

विजेताहरूलाई प्रमुख अतिथि प्रदेश पूर्व मुख्य मन्त्री राजेन्द्र राई, टङ्क लिम्बु संयोजक मनि चाम्लिङ राई लगायतले पुरस्कार वितरण गरे । प्रतियोगितामा प्रदेशका १९१ टिमको सहभागिता थियो ।

प्रतियोगितामा राष्ट्रिय खेलाडीहरू विशाल तामाङ, विनय चौधरी र भोजबहादुर गुरुङ, महेश खडका उपस्थिति थिए । उनीहरूले मैत्रीपूर्ण खेल प्रदर्शन गरे । रेडियो धरानका सञ्चारकर्मी देबिका राईलाई नगद १० हजार सहित सम्मान गरियो ।

सोही अवसरमा मोरङका एउटा हात नभएका अशक्त ब्याडमिटनमा खेलाडी हेम गुरुङलाई नगद ५ हजार सहित सम्मान गरियो ।

badmition-11 1debika