धरान: धरान बास्केटबल सङ्घको आयोजनामा असार ५ गते देखी धरानमा खुल्ला कोशी प्रदेश बास्केटबल प्रतियोगिता हुने भएको छ । 
संघव्दारा मगलबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । प्रतियोगिता असार ५ देखि ८ गते ३ दिन सञ्चालन हुने छ । 
प्रतियोगिता धरान–१७ स्थित डिपो आदर्श बहुमुखी क्याम्पसको खेलमैदानमा सञ्चालन हुने सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदीले बताए ।
उनका अनुसार प्रतियोगितामा कोशी प्रदेशका सुनसरी, झापा, मोरङ, धनकुटा, इलाम, ओखलढुङ्गा, उदयपुर र भोजपुर गरी ८ जिल्लाका टिमहरू सहभागी हुनेछन् । 
प्रतियोगिताको विजेतालाई नगद पुरस्कार २ लाख, उपविजेताले १ लाख प्रदान गरिने छ । व्यक्तिगत बिधा तर्फ सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार रुपया प्रदान गरिने संयोजक विकास चाम्लिङ राईले जानकारी दिए ।