धरान : दुवै मृगौला फेल भई उपचाररत किरात राई पत्रकार संघ सुनसरीका अध्यक्ष प्रविण राईलाई लिम्बु पत्रकार संघ सुनसरीले आर्थिक सहयोग गरेको छ । संघले शुक्रबार धरान ९ स्थित पत्रकार राईको घरमा सहयोग स्वरुप संकलित रकम ५० हजार ७ सय ५ रुपैया प्रदान गरेको हो । अग्रज पत्रकार एवं संघका सल्लाहकार हर्ष सुब्बा, भैरव आङ्ला, संघका अध्यक्ष कुशल कुरुङवाङ लगायतले नगद संयुक्तरुपमा हस्तान्तरण गरेका थिए । पत्रकार राईको दुवै मृगौल फेल भएको थाहा भएपछि किरात राई पत्रकार संघसँगै लिम्बु पत्रकार संघले पनि सहयोग संकलन शुरु गरेको थियो । संघका अध्यक्ष कुरुङवाङले श्रमजीवी पत्रकारलाई समस्या पर्दा सहयोग गरिएको बताए । पत्रकार राईकी पत्नीले सहयोगप्रति संघलाई धन्यवाद दिएकी थिइन् । रंगकर्मीसमेत रहेका पत्रकार राई केही समयदेखि नियमित डाइलाइसिस गराइरहेका छन् ।

तस्बिर : पत्रकार र उनकी श्रीमतिलाई सहयोग रकम हस्तान्रतण गरिदै ।