धरान : प्रहरीले धरान १३ मण्डला क्याफेमा अनलाइन जुवा खेलिरहेको अवस्थामा १० जनालाई सोमवार राती पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धरान १७ का ३१ वर्षीय प्रज्वल राई, धरान १३ का ४६ वर्षीय हेमन राई, २७ वर्षीय योगेश लिम्बू, २९ वर्षीय मिलन लिम्बू, ३१ वर्षीय सुशान्त घिमिरे, ४२ वर्षीय कुमार तामाङ, ४० वर्षीय विवेक थापा, धरान १ का ३३ वर्षीय सुजित साह, धरान १६ का ४१ वर्षीय अशोक लिम्बू र धरान १५ का ३५ वर्षीय भवानी दाहाल रहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख नायब उपरीक्षक भिषणबाबु राईले बताए ।
उनीहरूलाई नलाइन जुवा खेल्दै र खेलाउँदै गरेको सूचनाका आधारमा प्रहरी नायब निरीक्षक राधाकृष्ण दाहालको टोली र कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरको संयुक्त टोलीले क्याफेमा छापा मारी पक्राउ गरेको हो ।
घटनास्थलबाट विभिन्न कम्पनीका १५ थान मोबाइल बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक राईले बताए ।