धरान : हामीलाई गर्मी भयो कि भेडेटार र नमस्ते झरनाको याद आउछ । अनि, मोटरबाइकमा वा सानो गाडी रिजर्ब गरेर भएपनि चिसोमा रमाउन त्यता पुगिहाल्छौं । नमस्ते झरनालार्ई सिम्सुवा झरना पनि भनिन्छ । झरनामा रमाउन चाहनेहरुको लागि नमस्ते झरना मात्र विकल्प भने होइन । धरानभित्रै पनि थुप्रै झरनाहरु छन्, तर ती झरनाहरु पर्याप्त प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन् ।

नमस्ते झरना : साँगुरीगढी गाउँपालिकाको भेडेटार चोकदेखि करिब ९ किलोमिटर उत्तर कोशीराजमार्ग नजिकै छ नमस्ते झरना । धरानबाट भने करिब २७ किलोमिटर दुरीमा पर्छ । करिब ५० मिटर माथिबाट खसेको झरनामा रमाउन तपाईका जिल्लाबाट मात्र होइन, छिमेकी मुलुक भारतबाट पनि सयौं पर्यटकहरु आउछन् । भेडेटारको पर्यटनमात्र होइन, प्रदेश नं १ कै महत्वपुर्ण गन्तव्य भएको छ यो झरना ।

namastay

शिवजट्टा झरना : धरानबाट करिब ४ किलोमिटरकै दुरीमा छ यो झरना । यो झरना धरानको सेउती खोलाको शिर पनि हो । शिवजट्टा नजिक कालिमाटीसम्म कच्चीबाटो पुगेको छ । सेउती खोलाबाट भने साँघुरो पुल तरेर करिब १० मिनेटजति हिडेर पुग्न सकिन्छ । खोलाखोलैबाट पनि हिडेर झरनासम्म पुगिन्छ । हिन्दु आराध्य देव शिवको जट्टा खसेको हुनाले यसको महत्व भएको विश्वास गरिन्छ । पर्यटनकर्मी वासुदेव वराल हिउदको केही महिनाबाहेक अरु समय पानी पर्याप्त हुने भएकोले ड्याम बनाएर जलपर्यटनको विकास गर्न सकिने बताउँछन् ।

sivajhatta

लामपाते झरना : धरानभित्रै अर्काे सुन्दर झरना छ, लामपाते । यो धरानको वडा नं २० मा पर्ने लामपाते गाउँमा पर्छ । यो झरनालाई पछिल्लो समय धरानका पदयात्रीहरुले प्रचारप्रसारमा ल्याएका हुन् । यसको श्रेय जान्छ, सेवक अभियानका अभियन्ता राजिव हलवाईलाई जान्छ । धरानबाट करिब ६ किलोमिटर उत्तरमा पर्छ यो झरना । फुस्रेबाट सर्दु खोलैखोला पनि पुग्न सकिन्छ । यो रुटबाट एड्भेञ्चर र रमाइलो अनुभूति हुने हलवाई बताउँछन् । पदयात्रीहरुले नै यो झरनाको नाम पनि लामपाते राखिदिएको हो । उनी भन्छन्,‘खोलैखोला जादा अफ्ठेरो हुन्छ, र एडभेञ्चर लाग्छ । रमाइलो पनि हुन्छ ।’ यो रुटमा स–साना छहराहरु पनि भेटिन्छ । अर्को रुट खानेपानीको इन्टेक हुदै जान पनि सकिन्छ ।

lampata hjarana copy lampate jharana copy 1 copy

शंखधुनी र गौ झरना : यी दुवै झरना पनि धरानको वडा नं २० साविक विष्णुपादुका गाविसमा पर्छ । प्रसिद्ध विष्णुपादुका मन्दिरबाट करिब एक घण्टा उत्तर पश्चिम हिड्नुपर्छ । पहिला शंखधुनी झरना आउछ, त्यहाँबाट अझै हिड्दा गौ झरनामा पुगिन्छ ।

sankha dhuni jharana copy sankha dhuni jharana 2 copy

तस्बिर सौजन्य : बिशाल थेबे