झापा : गाउँपालिका २ बाट ६५ बर्षीया बृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा १ युवक पक्राउ परेका छन् ।
माघ १ गते मंगलवार राती १० बजेको समयमा सोही स्थानका १९ बर्षीय लक्ष्मण चौधरीले स्थानीय ६५ बर्षीया एक बृद्धलाई जबरजस्ती करणी गरेको भन्ने जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय कुमोरखोदबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका चौधरीको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
बृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ
- माघ ३, २०७५ / 330 पटक पढिएको








































































