धरान : इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले धरान-८ का ३६ वर्षीय सुनिल श्रेष्ठ र २३ वर्षीय दीपक विश्वकर्मालाई कडा लागूपदार्थ ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
उनीहरूका साथबाट प्रहरीले १ ग्राम लागूपदार्थ ब्राउन सुगर बरामद गरेको छ । उनीहरूलाई शनिवार चेकजाँच गर्दा ब्राउन सुगर बरामद भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
साथै धरान-१५ का २७ वर्षीय कबिर तामाङलाई ट्रामाडोल ९०, स्पास्मो ९० टयाब्लेट, गाँजा १०० ग्राम सहित प्रहरीले पक्राउ गरेको छ । 
यसैगरी झापाको भद्रपुर-८ का ३६ वर्षीय सन्तोष राजवंशी र २६ वर्षीय अमर बरैयलाई ब्राउन सुगर ५ ग्राम १७ मिलिग्राम सहित भद्रपुर-५ बाट प्रहरीले पक्राउ गरेको छ ।
साथै सुनसरीको नरसिंह गाउँपालिका-६ का २४ वर्षीय नाजम अन्सारी र बुढीगंगा मोरङका ३० वर्षीय अजय कुमार देवलाई लागुऔषधी स्पास्मो २५४ टयाब्लेट, नगद ३९ हजार सहित प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई प्र १-०२-०४९ प ११३ नम्बरको मोटरसाइकलमा पक्राउ गरिएको हो ।