इटहरी  : इटहरीको जनता बहुमुखी क्याम्पसको सञ्चालक समितिको चुनाव सम्पन्न भएको छ ।
जनता बहुमुखीको प्राङ्गणमा आज भएको निर्वाचनको समय ३ बजेसम्म राखिएको थियो । निर्वाचन संयोजक  गीता अधिकारी (सञ्जु) ले जम्मा ५१३ मत मध्ये ३७२ मत खसेको जानकारी दिईन् । अब हामी केही बेरमै मतगणना गर्ने तयारीमा रहेका छौँ, उनले भनिन् ।

१३ जना सञ्चालक समिति हुनुपर्नेमा २ जना स्वतन्त्र उमेद्धार गरी १५ जना बीच निर्वाचन भएको थियो ।