धरान : भरतपुर क्यान्सर अस्पतालमा उपचार गराईरहेका तेह्रथुम जलजले ४ का हेमन्तमाया सिंगक(सम्बाहाम्फे)लाई बेलायतबाट आर्थिक सहयोग भएको छ । बेलायतमा हेमन्तमायालाई राम(विजय) निङ्लेकु र हेम हुक्पा चोङ्बाङ्गको नेतृत्वमा तेह्रथुम युके समाज, बेलायतले रकम संकलन गरेर पठाएको हो । सहयोग रकम ४ लाख रहेको छ । उक्त सहयोग रकम युकेमा कार्यरत हाल नेपाल आएका समाजका प्रतिनिधि भुवन चेलिफुङ लिम्बुले विरामीलाई हस्तान्तरण गरेका थिए । हेमन्तमाया विगत ६ महिनादेखि जिब्रोको क्यान्सरको उपचार गराइरहेकी छिन् । यसैगरि, युएइमा कार्यरत याक्थुङ हरिन्द्र सिङ्गकले पनि सहयोग गरेका छन् । उनले नगद १० हजार र रनधीर कुरुम्बाङ्गले १ हजार ५ सय जम्मा गरी पठाएका थिए । उक्त सहयोग रकम मिस लिम्बू १०१७ कि उपविजेता सन्ध्या तुम्बाहाङ्फे लिम्बूले प्रदान गरेकी थिइन् । मोरङ,सुनसरी र तेह्रथुमबाट चितवन भरतपुर अस्पतालमा पुगेर सहयोग प्रदान गरिएको थियो । सहयोग हस्तान्तरण गर्न गीतकार तथा मिस लिम्बु टाईटल आयोजककी संयोजक मिना सिंगक, युवा उद्यमी टंक लिम्बु चेलिफुङ, सिंगक समाज नेपालका प्रतिनिधी पुर्ण सिङ्गक, सुरेश चोङ्बाङ्ग र रिबल तामाङ्गलगायतको उपस्थिति रहेको थियो । बिरामीका श्रीमान रुकमान सिङ्गकले सहयोगले धेरै राहत मिलेको भन्दै सहयोगीहरुप्रति आभार प्रकट गरेका थिए ।
युकेबाट क्यान्सर पीडितलाई सहयोग
- भदौ २४, २०७५ / 1,125 पटक पढिएको








































































