धरान : हिन्दु नेपालीहरुले मनाउने चाड वडा दशैं घटस्थापनाँगै बुधबारदेखि शुरु भएको छ । वडा दशैंको पहिलो दिन बुधबार अधिकांश नेपालीहरुले शक्तिपिठमा गएर पुजाआराधाना गर्नुका साथै जमरा पनि राखेका छन् । घटस्थापनासँगै नवरात्र पनि शुरु भएको छ । धरानको वडा नं १४ स्थित प्रख्यात शक्तिपिठ दन्तकाली मन्दिरमा पनि बुधबार वैदिक विधिअनुसार कलश एवं घटस्थापना गरिएको छ । मन्दिरका पुजारी विश्वराज खनालका अनुसार अबको ९ दिनसम्म हरेक दिन शक्तिरुपी देवीको ९ वटा अलगअलग रुपको पुजाआराधाना गरिन्छ । ‘नवरात्री पनि आजैदेखि शुरु भयो । विधिपुर्वक मन्दिरभित्र घटस्थापना गरेर जमरा छरिएको छ । अखण्ड दियो पनि राखिएको छ,’खनालले भने,‘अब ९ दिनसम्म दन्तलकाली मन्दिरमा पुजारीबाहेक कोही पनि प्रवेश गर्न पाउदैनन्, पुजारीले हरेक दिन अलग अलग देवीको बिशेष पुजा आराधाना गरिन्छ ।’

2 11
मन्दिरमा सर्वसाधारणहरुले पनि जमरा राखेका छन् । धान, गहुँ, मकै, मासा, मुङलगायत ७ किसिमको अन्न मिसाएर जमरा राखिन्छ । सप्तमीको दिन फुलपाती भित्र्याइन्छ भने दशमीको दिन अपराजिता देवीको पुजा आराधाना गरेर विर्सजन गरेपछि प्रसादकोरुपमा बाडिन्छ । नौं दिनसम्म मन्दिर परिसरमा पण्डितहरुले निरन्तर चण्डी पाठ पनि गरिरहन्छन् । शक्तिरुपी देवीले ९ वटा रुपको अवतार लिएर दानवहरुको विनास गरेको विश्वास गरिन्छ । वडा दशैंको पहिलो दिन घटस्थापनामा शैल पुत्रीकोरुपमा पुजा गरिन्छ भने दोस्रो दिन ब्रह्मचरिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालपात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धदात्री देवीको पुजा आराधाना गरिन्छ । धरानमा नवरात्री भरि युवायुवतीहरुको बिशेष मेला नै लाग्ने गरेको छ । बिहानै उनीहरु धरानको विजयपुरमा अवस्थित मठमन्दिरहरुमा साथीभाइ मिलेर घुम्न जाने गरेका छन् । यस्तो नवरात्री मेला नेपालका अन्य शक्तिपिठहरुमा भने पाइदैन ।

1 12 4 2 3 9