धरान : धरान १७, रेल्वेस्थित पञ्चकन्या माविका विद्यार्थीहरुलाई पोषण र आत्मरक्षा सम्बन्धी तालिम दिइएको छ । जुनियर जेसिज धरानको आयोजनामा विधार्थीहरूलाई पोषण दिइएको हो भने लियो क्लब अफ धरान बुढासुब्बाको आयोजनामा आत्मरक्षा तालिम दिईएको हो । मानिसको शरीरमा चाहिने आवश्यक पोषण तत्वको ज्ञान नभएका कारण विभिन्न कुपोषण जस्ता रोग लाग्ने सम्भावना भएकोले विद्यालयस्तरबाटै खानेकुरा सम्बन्धी ज्ञान दिन कार्यक्रम आयोजना गरिएको लियोका अध्यक्ष सुशन निरौलाले बताए । कक्षा ५ सम्मका विधार्थिलाई पोषण सम्बन्धि तालिम दिईएको थियो ।  यसैगरी, विद्यालयका कक्षा ८, ९ र १० मा अध्ययन गर्ने छात्रालाई आत्मरक्षा सम्बन्धी तालिम पनि दिईएको थियो । पछिल्लो समय यौन हिंसाको घटना अत्यधिक वृद्धि भएको कारण आत्मसुरक्षाको लागि आत्मरक्षा तालिम दिइएको आयोजकले जनाएको छ । आत्मरक्षा सम्बन्धी प्रशिक्षण तेक्वान्दो खेलाडी मनिषा रसाईली र विक्रम लिम्बुले दिएका थिए भने पोषण सम्बन्धी प्रशिक्षण केन्द्रीय प्राविधिक क्याम्पस हात्तिसारका सन्दिप लामिछाने र ज्वोति आचार्यले दिएका थिए । 

2 13

तालिममा ८० जना विद्यार्थीको सहभागिता रहेको थियो । यस्ता कार्यक्रम विद्यार्थीहरूलाई जीवन उपयोगी हुने र महत्वपुर्ण ज्ञान पनि पाएको विद्यालयका प्राचार्य देवेन्द्र पौडेलले बताए । साथै उनले आयोजक संस्थालाई धन्यवाद दिदै अन्य ठाँउमा पनि यस्ता कार्यक्रम गर्न आग्रह गरे । कार्यक्रममा लियो क्लब साथै लायन क्लबका पुर्व अध्ययक्ष दिपेन्द्र निरौला, वडा नम्बर १७ का वडा सदस्य सुवास वर्देवा, समाजसेवी नारायण कटवाललगायतको उपस्थिति रहेको थियो ।