धरान : चिकित्सा, स्वास्थ्य र जीवन विज्ञान क्षेत्रका शिक्षा, सेवा र अनुसन्धानमा नीति नियम (इथिक्स)को अध्यापन, तालिम र अनुसन्धानको लागि युनेस्कोको इथिक्स चेयरले जोड दिएकोछ । विश्वभरि सञ्जाल रहेको बायोइथिक्स समूहमा नेपाल सन् २०१४ मा संलग्न भएपछि सन् २०१६ देखि विश्वभरि नै अक्टोवर ९ मा विविध कार्यक्रमसहित विश्व बायोइथिक्स दिवस मनाइदै आएकोछ । नेपाल युनिटको आयोजनामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलवार यस वर्षको नारा ‘ऐक्यवद्धता र सहयोग’ शीर्षकमा निबन्ध, पोस्टर, फिल्म, फोटोलगायत विविध प्रतियोगिताहरु आयोजना गरि मनाइएको थियो । यस वर्षको अवधारणाबारे विद्यार्थी, शिक्षक र सम्बन्धित सबै पक्षमा जानकारी र समझ अभिवृद्धि गर्ने दिशामा यी कायक्रमहरु फलदायी हुने अपेक्षा गरिएको छ । कार्यक्रम प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. गुरुप्रसाद खनालको प्रमुख अाितथ्यमा भएको थियो । शिक्षाध्यक्ष खनालले स्वास्थ्य र चिकित्सा शिक्षामा इथिक्सबारे विद्यार्थीकालदेखि नै सचेत हुन यस खालका कदमहरु आवश्यक हुने बताए । यस वर्षको अवधारणाबारे बायोइथिक्स विज्ञ प्रा.डा. रानोमल पिर्यानी र नेपाल यूनिटका पूर्व प्रमुख प्रा.डा. रुपा सिंले प्रस्तूति राखेका थिए । प्रतियोगितामा सहभागी निबन्ध, पोस्टर, फोटोहरुको प्रदर्शनी लगायत् यस अवसरमा चुनिएको संक्षिप्त मुभि पनि देखाइएको थियो । फोटो प्रतियोगितामा विवेक आचार्यक्षेत्री, फिल्ममा प्रशन्न सुवेदीको समुह, आर्ट पोस्टरमा अभिशेक कुमार तथा निवन्धमा मनिषा श्रेष्ठ उत्कृष्ट भए । यस वर्ष एकाईबाट आयोजित विविध कार्यक्रमहरुमा प्रतिष्ठान र अन्य मेडिकल कलेजहरुबाट पनि सहभागिता रहेको थियो ।
कार्यक्रममा अतिथि विज्ञ प्रा.डा. रानो मल पिर्यानीको बायोइथिक्स र यस वर्षको अवधारणाबारे बिस्तृत प्रस्तुत गरेका थिए । कार्यक्रमका संयोजक तथा नेपाल यूनिटका प्रमुख प्रा.डा. धनरत्न शाक्यबाट सञ्चालन भएको अन्तरक्रियात्मक कार्यक्रमका बक्ताहरु प्रा.डा. प्रा.डा. रुपा सिं, प्रा. समी लामा, डा. सरुण कोइराला, खेमचन्द्र सुवेदी विद्यार्थी संकायका सुमित शर्मा लगायतबाट विविध कोणहरुबाट विश्लेशन र जानकारीमुलक प्रस्तुति भएको थियो । कार्यक्रममा एकाईका निवर्तमान प्रमुख तथा कार्यक्रमका संयोजक प्रा.डा. धनरत्न शाक्यले स्वागत मन्तव्य सहित् दिवसको औचित्यबारे औंल्याउनुभयो भने युनिटका सदस्य सचिव प्रा. समी लामाले धन्यवाद मन्तव्य राखेका थिए । कार्यक्रमका संयोजक प्रा.डा. धनरत्न शाक्यले बायोइथिक्सबारे छलफल, अध्ययन र मनन्को यस्ता अवसर र कार्यक्रम नियमित र बिस्तारित हँुदै जाने धारणा राखेका थिए ।