झापा : झापाको बिर्तामोडस्थित वीरता जेसीजले दुई लाखरुपैयाँको अक्षय कोषसहित दुई जना पूर्वअध्यक्षको स्मृतिमा पुरस्कारको
स्थापना गरेको छ ।वीरता जेसीजको सचिवालयमा बुधबार आयोजित एक कार्यक्रमका बीच पुरस्कार
स्थापनाको घोषणा गरेको हो । साथै, अक्षयकोषका लागि रकमसमेत हस्तान्तरण भएको छ । वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको समारोहमा संस्थापक
अध्यक्ष गोपालकुमार बस्नेतले दुई पुरस्कार स्थापनाको घोषणा गरेका थिए । पूर्व अध्यक्षहरुको स्मृतिमा ‘मदन ढकाल स्मृति वीरता जेसीज उत्कृष्ट पत्रकारिता
पुरस्कार’ र ‘दिलकुमार शर्मा स्मृति वीरता जेसीज सक्रिय पूर्व अध्यक्ष पुरस्कार’ स्थापना गरिएको हो । उक्त पुरस्कारका लागि स्व. ढकालको परिवारका तर्फबाट
श्रीमती सावित्रा ढकाल तथा छोरा–बुहारी सिर्जन र एलिनाले अक्षयकोषको रकम हस्तान्तरण गरेका थिए ।
यसैगरी, स्वर्गीय शर्मा (घिमिरे)को परिवारबाट श्रीमती रेखा घिमिरे र भाई लव घिमिरेले अक्षयकोषको रकम प्रदान गरेका थिए । हरेक वर्ष वीरता जेसीजको
साधारणसभामा प्रदान गरिने दुबै पुरस्कारको राशी जनही १५ हजार रुपैयाँ रहेको छ । पुरस्कार यसै वर्षबाट वितरण शुरु गरिने बताइएको छ । समारोहमा
स्व. ढकालका परिवारका तर्फबाट भाइ मोहन ढकाल र लक्ष्मण ढकालले जेसीजको अगुवाइमा हुन लागेको कार्यको प्रशंसा गरेका थिए ।
त्यस्तै, पत्रकार महासंघ प्रदेश नं. १ कार्यसमिति सदस्य तीर्थ सिग्देल र महासंघ झापाका सचिव सन्तोष आचार्यले समेत जेसीजको कार्यको प्रशंसा गर्दै
आफ्ना सुझाव राखेका थिए । वीरता जेसीजका महासचिव विनोद पाण्डेले सञ्चालन गरेको कार्यक्रममा स्वागत कोषाध्यक्ष जीवनकुमार खड्का, जेसीआई
मिसन भिजनको वाचन उपाध्यक्ष युवराज कुँवर र आस्था वाचन शाखा सम्पादक तुलसीप्रसाद निरौलाले गरेका थिए ।
वीरता जेसीजले छुट्टै बैंक खाता मार्फत अक्षयकोषको सञ्चालन गर्ने र त्यसका लागि आवश्यक कार्यविधि समेत बनाइने बताइएको छ । वीरता जेसीज तथा संस्थाको
दीर्घकालीन योजना समिति र दाता परिवारको परामर्श र संलग्नतामा उक्त कार्यलाई अघि बढाइने अध्यक्ष गिरीले जानकारी दिए । पुरस्कृत प्रतिभा छनौटका
लागि छुट्टै समिति मार्फत कार्य अघि बढाइने समेत बताइएको छ । वीरता जेसीजमा स्व. ढकाल र शर्माले पु¥याएको योगदानको कदर स्वरुप
उहाँहरुको योगदानलाई कसैको विस्मृतिमा जान नदिन अक्षयकोषसहित पुरस्कार स्थापना गरिएको संस्थापक अध्यक्ष बस्नेतले बताए ।

मदन ढकाल सन् १९४ र दिलकुमार शर्मा सन् १९८ मा वीरता जेसीजको अध्यक्ष भएका थिए ।