इटहरी: इटहरी उपमहानगर र सुन्दरहरैचा नगरको संगमस्थल बुढीगंगा जमुना मुक्तिघाट किनारमा प्रत्येक बर्ष झंै यसबर्ष पनि छैठ पर्व भव्यरुपमा मनाउने तयारी भएको छ ।

छैठ पर्व निमार्णस्थलमा छैठ पर्व सेवा समितिले आइतबार पत्रकार सम्मेलन गरी विगत २९ बर्षदेखि निरन्तर मनाउदै आएको पर्वलाई यस बर्ष पनि भब्य रुपमा मनाउने जनाएको छ । तराई क्षेत्रमा मनाउने छैठ पर्व पछिल्लो समय पहाडी समुदायले पनि मनाउदै आएका छन् । जसले गर्दा यो पर्वले सद्भाव बढाइरहेको छ । कार्तिक २७ गते मंगलबारको दिन मनाउन लागेको छैठ पर्वको अवसरमा इटहरी उपमहानगरपालिका र सुन्दर हरैचा नगरपालिकाका करिब एक लाख भन्दा बढी सहभागी हुने समितिले अनुमान गरेको संरक्षक हिरा महत्वले बताए ।

बर्षै पिच्छे छैठ पर्व मनाउन स्थानको समस्या हुने गरेको कारण यस बर्षदेखि मन्दिर निमार्णको कार्यलाई पनि तिब्रता दिएको छ । जसलाई आगामी बर्ष भित्र निर्माण सक्ने र यसको लागत करिब ४० लाख रहने निमार्ण समितिले जनाएको छ । सुर्यको पुजा गरी मनाईने छैठ पर्वको अवसरमा बुढी गंगा जमुनाघाटमा करिब चार सयस्थाल निमार्ण गरिने भएको छ भने कुल खर्च ६ लाख ५३ हजार हुने अनुमान गरिएको छ ।

IMG_0330 copy