इनरुवाः लैङगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तगत हरिनगरामा दिब्यजोती युवा महिला तथा किशोरी संस्थाले महिला हिंसाविरुद्ध रयाली तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।
दिब्यजोति युवा महिला तथा किशोरी संस्था एवं हरिनगर गाउँपालिकाको आयोजना तथा सेवक नेपाल हरिनगराको सहयोगले गरेको कार्यक्रममा इलाका प्रहरी कार्यालय हरिनगराको प्रमुख भिम बाहादुर श्रेष्ठ तथा सशस्त्र प्रहरी बल भुटाहाका निरिक्षक कृष्ण मगरले प्रशिक्षण दिएका थिए । कक्षा ८ , ९, १० ११ र १२ का विद्यार्थीहरुलाई श्रेष्ठले महिला तथा बालबालिकामाथि हुने यौन दुव्र्यवहार, लागुऔषध, घरेलु हिंसा, मानव बेचबिखनलगायत विभिन्न अपराध र कानुनी पक्षबारे प्रशिक्षण दिएका थिए ।
अपराधमा कानुनले कसैलाई पनि क्षमा नदिने भएकोले कसैले पनि अपराध गर्नतर्फ उन्मुख नहुन पनि उनले आग्रह गरेका थिए । यसैगरी, कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई नैतिक शिक्षा, हिंसा र लागुऔषधबारेमा प्रशिक्षण दिएका थिए । उनले आफ्नो ज्यानको सुरक्षा आफै गर्न आग्रह गर्दै रातको समयमा विना काम एक्लै नहिड्न र सुरक्षितरुपमा परिवारसँग बस्न पनि विद्यार्थीहरुलाई आग्रह गरे । हिंसाबारे व्याख्या गर्दै श्रेष्ठले भौतिकरुपमा आक्रमण गर्नुमात्र हिंसा नभई अर्काको मन दुःखाउनु पनि हिंसाको एउटा रुप भएको प्रष्ट पारेका थिए । सोही कार्यक्रममा लैगिक समानताका लागि राज्यले बनाएका नितीहरुका बारेमा गाउँपालिका उपाध्यक्ष रिमझिम भगत, इलाका प्रहरी कार्यालय हरिनगराका प्रमुख भिम बाहादुर श्रेष्ठ, महिला तथा बालबालिका हरिनगर गाउँपालिका शाखा प्रमुख अमबिका खतिवडा तथा हरिनगरा मेलमिलापका संयोजक अलाउद्दीन अन्सारी सहजीकरण गरेको थिए ।