ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “सुनसान स्वास्थ्य चौकी शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । दिउँसो ३ बजे झापा काँकाडभिट्टा स्वास्थ्य चौकी सुनसान छ । चौकीका अधिकांश कोठाहरु खालि छन् । स्वास्थ्य चौकीका प्रमुख मात्रै हैन, अधिकांश कर्मचारी कार्यलयमा असरल्ल छन् । अपरान्ह ३ बजे स्वास्थ्यकर्मीलाई भेट्न ब्लाष्टकर्मी पुग्दा त्यहाँ कोही भेटिएनन् । कार्यलय सुनसान थियो । कार्यलयमा न त प्राविधिक भेटिए, न त खटिएका अन्य कर्मचा री नै । नियमानुसार ४ बजेसम्म कार्यलय खुल्नुपर्ने हो । छिटपुटरुपमा रहेका सेवा ग्राहिहरु डाक्टर कुरिरहेका थिए । उक्त स्वास्थ्य चौकीमा सहयोगीसहित ८ स्वास्थ्य कर्मचारी कार्यरत छन् ।


मर्निङ टाइम्स :धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स दैनिकले “पुर्वमन्त्रीकै बुहारी महिला हिंसा पीडित” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । ३३ बर्षकाी चन्द्रकला दाहाल कार्की र उनकी ९ वर्षीय छोरी अहिले माईतको साहारामा सुनसरीको बराहक्षेत्र नगरपालिका वडा २ वालचन खरियामा दिदि संग बस्दै आएकी छिन । भोजपुर जिल्ला सडानन्द नगरपालिका वडा ११ घर भएकी चन्द्रकलाको श्रीमानले दोश्रो विवाह गरेपछि घरेलु हिंसा पीडित भई २०७० देखि माईतको आश्रयमा छिन् । २०६६ सालमा विवाह गरेकी चन्द्रकला संगै रहकी ९ वर्षीय छोरी कक्षा ४ मा पढ्छिन् ।


औजार दैनिक:  धरानबाट प्रकाशन हुने औजार दैनिकले “बसपार्कमा शौचालय नहुदाँ यात्रुलाई समस्या” शीर्षकको समाचार छापेको छ । भोजपुर बसपार्कमा एउटा पनि सार्वजनिक शौचालय नहुदाँ यात्रा गर्ने यात्रुलाई शौच गर्न समस्या भएको छ । भोजपुर सदरमुकामको हटियालाईन, देउराली र पानीटयाङकी बस स्टेशनमा सार्वजनिक शौचालय नहुदाँ टाढा–टाढा बाट आएका यात्रुलाई शौच गर्न शास्ती भएको हो । यात्रा भर शौच गर्न पाईन्न, न त शौच गर्ने कुनै समय र अवस्था नै हुन्छ ।


उद्घोष दैनिक : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “विश्वविद्यालयको सम्भाव्यता अध्ययन सुरु ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । प्रदेश सरकारले दुई वटा विश्वविद्यालय स्थापना गर्ने उद्देश्यका साथ आवश्यक सम्भाव्यता अध्ययनको काम अघि बढाएको छ । सामाजिक विकास मन्त्रायलयले प्रदेश विश्वविद्यालय र प्रदेश प्राविधिक विश्वविद्यालयको सम्भाव्यता अध्ययन गर्न कार्यदल बनाएको हो । प्राविधिक विश्वविद्यालय सम्बन्धी कार्यदलको अध्ययन अन्तिम चरणमा पुग्नै लाग्दा ५० कार्यदिन तोके प्रदेश विश्वविद्यालयको सम्भाव्यता अध्ययन गर्न नौ सदस्यीय कार्यदल बनाइएको हो ।


फास्ट टाइम्स : धरानबाट प्रकाशन हुने फास्ट टाइम्स दैनिकले “डुंगा चढ्न बाध्य श्रींलका टापुका बासिन्दा” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । चारैतर्फबाट कोशीले घेरेको श्रीलंका टापु क्षेत्रमा बसोबास गर्ने मानिसहरु जोखिमपूर्ण रुपमा यात्रा गर्ने बाध्य हुदैं आएका छन् । दैनिक उपभोग्य समाग्रीहरुका लागि होस् या त विरामी पर्दा उपचारका लागि होस् यहाँका मानिसहरुले काठे डुंगाको प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ ।


विवेचना दैनिक : झापाबाट प्रकाशन हुने विवेचना दैनिकले “ मलेसियामा दैनिक एकजना नेपालीको मृत्य” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
धेरै कमाउने र परिवारलाई सुःखका साथै सपना बोकेर मलेसिया आइपुगेका नेपाली कामदारमध्ये दैनिक एकजनाको अकालमै ज्यान जाने गरेका छ । आत्महत्या, सडक दुर्घटना, कारखाना दुर्घटना, कडा रोगका कारण उनीहरुको मृत्यु हुने गरेको तथ्याड्ढले देखाएको छ । मलेसियास्थित नेपाली राजदुतावासले दिएको तथ्याड्ढअनुसार सन् २०१८ को हालसम्म ३२२ को विभिन्न कारणले मृत्यु भएको छ, यो संख्या सन् २०१७ मा ३६४ रहेको थियो । कार्यवाहक राजदुत कुमारराज खरेलका अनुसार सन् २०१८ मा सबैभन्दा बढी आत्महत्या गरी ४३ जना, सडक दुर्घटनाबाट २५ जना, कडा रोगका कारण ३ जना र औद्योगिक दुर्घटनाका कारण ७ को मृत्यु भएको छ ।