च्याम्पियन्स लिग फुटबलको समूह ए बाट बोरुसिया डर्टमन्ड एट्लेटिको मड्रिड नकआउट चरणमा प्रवेश गरेका छन् । गएराति भएको खेलमा बोरुसिया डर्टमन्डले मोनाकोलाई पराजित गर्दै समूह विजेता बन्दा एट्लेटिको मड्रिडले क्लब ब्रुगसँग गोलरहित बराबरी खेल्दै समूह ए को उपविजेता बनेर प्रिक्वारटफाइनलमा स्थान बनाएको हो । डर्टमन्डले मोनाकोलाई पराजित गर्दा राफेयल गुइरेइरो नायक बने । उनकै दुई गोलमा डर्टमन्ड समूह विजेता बन्न सफल भएको हो । उनले खेलको १५ औं र ८८औं मिनेटम गोल गरे । यता, एट्लेटिको मड्रिडले भने क्लब ब्रुगसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । क्लब ब्रुगलाई पराजित गरेको भए एट्लेटिको मड्रिड समूह विजेता बन्ने थियो ।

एजेन्सी