इटहरी : इटहरीको एक होटलबाट यौनधन्दामा सम्लग्न भारतीय नागरिकसहित १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इटहरी ४ स्थित दियालो होटल एण्ड लजबाट उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उक्त होटलमा यौन धन्दा भईरहेको सूचना पाए पछि प्रहरीले छापा मारेको थियो । पैसाको प्रलोभनमा एक रातको ४ हजार भारतीय रुपैयासम्म दिने गरेको प्रारम्भिक अनुसन्धानवाट खुलेको इन्स्पेक्टर बुद्धि चौलागाईले बताए । महिला तथा युवतीको व्यवस्था गर्ने समूहमध्येकी मोरङको केराबारी– १० की तीर्थमाया भुजेल र साथी बनी बोलाउने धरान– ८ की २२ वर्षीया सीमा मगरलाई समेत पक्राउ गरिएको छ ।
यसैगरि यौनधन्दामा संलग्न भारत पट्ना ४ बस्ने बर्ष २८ को रविकान्त निराला, कटियारका प्रभाकर कुमार साह, सुमनकुमार मण्डल, सुपौल कटैया दिपेशकुमार मेहता, कटियार ललनकुमार मण्डल, कुन्दन कुमार ठाकुर, बिजय केवड, निरजकुमार मण्डल पक्राउ परेको प्रहरीले जनाएको छ । त्यस्तै सप्तरी कन्चनरुपका योगेन्द्र मालाकार, इटहरी २ का रविन साहलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले प्रयोग गरेको भारतीय नम्बर प्लेटको स्कारपियो पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।








































































