धनकुटा :जिल्ला प्रहरी कार्यालय धनकुटाले धनकुटाको चौबिसे गाउँपालिका-५ बस्ने बर्ष ४१ को धन बहादुर तामाङलाई ४ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको छ । बालिकालई तामाङले मंसिर २४ गते दिउँसो जबजस्ती करणी गरेको भन्ने बालिकाको आमाले टेलिफोन मार्फत अस्थायी प्रहरी पोष्ट मौनाबुधुकमा जानकारी गराउना साथ अस्थायी प्रहरी पोष्ट मौनाबुधुक र ईलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरी टोलीले तामाङलाई पक्राउ गरेको हो । पक्राउ परेका तामाङको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।