संयुक्त राज्य अमेरिकामा रहेर नेपाली इभेन्ट्स तथा कार्यक्रमहरू गर्दै आएको आरएनआर ग्रुपले अमेरिकामा नयाँ क्यालेन्डर लन्च गरेको छ । सन् २०१९ को क्यालेन्डरमा नेपाली सुन्दरीको ग्लामर फोटो प्रकाशित गरिएको छ । अमेरिकामा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको क्यालेन्डरमा नेपाल र अमेरिकाको नेपाली सुन्दरीको तस्वीर छ । नेपालमा मोडलिङ गरिरहेका र अमेरिकामा रहेर मोडलिङ गरिरहेकाको फोटोसुट गरेर क्यालेन्डरमा तस्वीर सार्वजनिक गरिएको हो ।
‘क्यालेन्डर युएसए– २०१९’ शीर्षक राखिएको यस क्यालेन्डरका सुन्दरीहरूको तस्वीर नेपालमा चर्चित फोटोग्राफर महेश प्रधान र युएसएमा व्यस्त तथा चर्चित फोटोग्राफर विक्रान्तमान श्रेष्ठले खिचेका हुन् । इभेन्ट, फेसन सो तथा फिल्म प्रदर्शनसमेत गर्दै आएको आरएनआर ग्रुपले यसअघि पनि क्यालेन्डर प्रकाशित गरिसकेको गु्रपमा सदस्यमध्येका एक रोशन पुरीले बताए ।
नेसनल ब्याडमिन्टन खेलाडीसमेत रहेका रोशन टेलिभिजन सो तथा इभेन्टसँग जोडिएको पुरानो नाम हो । पछिल्लो समय अमेरिकामा हुने गरेको विभिन्न इभेन्टमा जोडिने गरेका रोशनले क्यालेन्डरले आप्mनोपन झल्काउने बताए । ‘हाम्रा सुन्दरी पनि कम छैनन् भन्ने देखाउन पनि खोजेका हौं’, उनले भने, ‘हामीले क्यालेन्डर प्रयोग गर्नुपर्छ किन आफैले तयार गरेर प्रयोग नगर्ने ।’ उनले यसलाई नेपालसँगै क्यानडाको विभिन्न सहरमा समेत पठाइने बताए । उनले नेपालीसँग स्थानीयले क्यालेन्डर लिने गरेको बताए ।
क्यालेन्डरमा सन् २०११ की मिस नेपाल युएस सुजिता बस्नेत, मिस वल्र्ड अमेरिकाको टप १० मा पर्न सफल उकुषा गिरी, मोडल रोजी खुराना, मोडल सुनिक्षा मैनाली, मोडल स्वस्तिका प्रधान, मोडल न्यान्सी थापा, मोडल सिमरन चुडाल, मिस ग्लोबल क्विन २०१५ जस्मिन गुरुङ, मोडल दिपमाला ढकाल, मोडल श्रीया लोहनी, मोडल निकी आचार्य, मोडल सम्पदा बानिया र एक्ट्रेस सारा सिर्पाइली फिचर्ड छन् ।








































































