पथरी: पथरीशनिश्चरे १ का वडा अध्यक्ष बाबुराम याङदेनको अगुवाइमा पथरी बजारमा मच्छड मार्ने कार्य शुरु भएको छ । मंगलबार रातीबाट पथरीशनिश्चरे नगरका मच्छड प्रभाबित क्षेत्रमा मेसिनद्वारा बिषादी छर्ने काम सुरु भएको हो ।
नगरलाई सफा र सुरक्षित बनाउने नारालाई मुर्तरुप दिन यो कार्य थालनी गरेको वडा अध्यक्ष याङदेनले जानकारी दिए । नगर उपप्रमुख यमुना बिष्ट बास्तोलाको उपस्थितिमा भएको सो कार्यक्रममा युवा संघ पथरीशनिश्चरे को अग्रसरतामा सो अभियान थालिएको युवा संघ नगर अध्यक्ष मनि लुम्फुवाले जानकारी दिए । सो कार्यक्रम पथरीशनिश्चरे नगरका स्वास्थ्य सह संयोजक जगत मगरले मच्छडले निम्त्याउने समस्याका बारेमा बोलेका थिए । अभियानको पहिलो दिन बडाका प्रभाबित क्षेत्रबाट बिषादी छिटिएको प्राबिधिक भीष्म न्यौपानेले जानकारी दिए ।








































































