इटहरी: पौडेल वंश प्रतिष्ठान नेपालले मोरगंको सुन्दरहरैंचामा सामुदायिक भवन ,सांस्कृतिक संग्रालय निर्माण लगायतका सामाजिक कार्य गर्ने लक्ष्यसहित श्री रामकथा विराट ज्ञान महायज्ञ शुरु भएको छ ।
सुन्दरहरैचा ७ को ठडियामा पौडेल वंश प्रतिष्ठान परिसरलाई एक विशिष्ट तीर्थस्थलको रुपमा विकास गर्ने उद्धेश्यले आयोजना गरिएको महायज्ञको सामान्य प्रशासन मन्त्री लालवाबु पंडितले उद्घाटन गरेका थिए । महायज्ञमा शंकराचार्य पीठ अर्जुनधारा झापाका प्राचार्य छन्दुराम भण्डारीले कथा वाचन गर्ने गरि सुरु भएको श्रीराम कथाका क्रममा विभिन्न धार्मिक गतिविधिहरु हुने संयोजक विजय पौडेलले जानकारी दिए ।

आत्रेयगोत्रीहरुका गोत्रप्रर्वतक ऋषि आत्रेयको सपत्नी प्रतिमा निर्माण, अखण्डदीप प्रज्वलन स्थापना, त्रियापुत्री भवन निर्माण, एम्वुलेन्स खरिद लगायतका लागि श्रीरामकथा विराट ज्ञानमहायज्ञ लगाइएको जनाइएको छ ।








































































