इनरुवाः सुनसरीको कोशी गाउँपालिका वार्ड नम्बर ८ स्थित भाण्टावारीमा जारी टि २० क्रिकेट प्रतियोगितामा भण्टावारी फाइलन प्रवेश गरेको छ ।

निम्नमाध्यमिक बिद्यालयको खेल मैदानमा आयोजित प्रतियोगिताको सेमिफाइनलमा जित्दै भाण्टावारी फाइनलमा प्रवेश गरेको हो । खेलमा भण्टावारीले केसीसी भण्टावारीलाई ३७ रनले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको भाण्टावारीले केसीसीलाई १ सय ८५ रनको लक्ष्य दिएको थियो । भाण्टावारीका लागि सबैभन्दा बढी अन्कित देवले २५ बलमा ५६ रन बनाए भने सहनसा आलमले १९ बलमा ४५ रनको महत्वपूर्ण योगदान दिएपछि २० ओभरमा ७ विटेकको क्षतिमा १ सय ८४ रन बनाएको थिए ।

जवाफी ब्याटिङमा मैदानमा उत्रिएको केसीसीले केसीसीले २० ओभरमा १ सय ४७ रन मात्र बनाउदै अलआउट हुनपुग्यो । भाण्टावारीका वीरवल सिंहले ४ विकेट लिए भने सहबाज र आलमिनले २ २ विकेट लिएपछि केसीसीले लक्ष्य भेट्याउन सकेन । खेलको म्यान अफ द म्याच भाण्टावारीका अन्कित देव घोषित भए । उनलाई स्थानीय समाजसेवी समशाद आलमले पुरस्कार प्रदान गरेका थिए ।

कोशी गाउँपालिकाको सहयोगमा कोशी क्रिकेट क्लब भाण्टावारीले टि २० क्रिकेट प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको उपाधीको लागि अब भाण्टावारीले बिराटनगरसंग प्रतिस्पर्धा गर्ने आयोजक समितिका अध्यक्ष सजाद आलमले बताए ।