झापा : झापाको मेचीनगर नगरपालिका ४ बाहुनडाँगीमा जंगली हात्ती गाउँमा पस्दा करिब एक लाख मूल्य बराबरको क्षति भएको छ ।
मंगलबार मध्य राती १२ बजे जंगलबाट निस्किएको हात्तीले सोही स्थान बस्ने पबित्रा प्रधानको टिनले छाएको एकतले घरको कोठा भत्काइ दिएको छ भने २ मन धान र एक बोरा चामल खाएर नष्ट गरेको छ । उक्त हात्तीलाई प्रहरी र स्थानीयवासीले राती नै जंगल तिर लखेटेको प्रहरी चौकी बाहुनडाँगीले जनाएको छ ।








































































